+
+

काठमाण्डौमा खुल्यो ‘कान्तिपुर फिल्म एकेडेमी’

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ५ गते १७:४७


अहिले धमाधम चलचित्र सम्बन्धी अध्यापन गराउने उद्देश्यले एकेडेमीहरु खुल्न थालेका छन् । नेपाली चलचित्रको बजार बिस्तार हुँदै गएपछि अहिले चलचित्रको बिषयमा अध्यापन गराउने उद्देश्यले एकेडेमीहरुको स्थापन हुन थालेको हो ।

युवा-यूवतीहरुको चलचित्र अध्ययन गर्ने चाहनालाई मध्यनजर राख्दै काठमाण्डौमा नयाँ ‘फिल्म एकेडेमी’ संचालनमा आएको छ ।
एकेडेमीको आफ्नो भवन मैतिदेबिमा एक कार्यक्रम आयोजना गर्दै एकेडेमीको औपचारिक सार्वजनिकिकरण गरिएको छ । अन्तरराष्ट्रिय स्तरको चलचित्र अध्यापन गराउने उद्देश्यले खोलिएको यो एकेडेमीलाई निर्माता छविराज ओझाले संचालनमा ल्याएका हुन् ।

सो एकेडेमीमा ओझा सहित प्रकाश पुरी , बिमल सुवेदी ,नरेश कुमार केसी दयाराम घिमिरे , पृथ्वीराज प्रसाँइ र सुरज चिलुवालको संलग्नता छ । एकेडेमीले रसियाको एक एक्टिङ्ग इन्टिच्यूटसँग केही सम्झौता पनि गरेको छ । जस अनुसार पहिलो चरणमा कान्तिपुर फिल्म एकडेमीबाट अभिनय विधामा २ जना बिधार्थी संजोग रसाइली र अनिल कँडेल र निर्देशन बिधाबाट परिच्छेद सेनलाइ छात्रवृत्तीमा अध्ययनको मौका दिइएको छ ।

हाल फिल्म मेकिङ तथा अभिनयमा भर्न खुल्ला गरेको कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?