+
+

राजपा रणनीतिः कुरा आन्दोलनको, तयारी चुनावको

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २३ गते ६:०४

२३ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीका एक वरिष्ठ नेता यति बेला आफ्नो गृहक्षेत्र सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिकाका मेयर–उपमेयरलगायत विभिन्न पदमा आफू अनुकूलको प्रभावशाली प्यानल मिलाउन व्यस्त छन् । मधेस आन्दोलनका शहीद परिवारका एक सदस्यलाई उम्मेदवार बनाउन उनी दुई दिनअघि भारदहमा रातको समयमा घन्टौं सक्रिय रहेको पार्टीनिकट स्रोतकै दाबी छ ।

‘मधेस आन्दोलनका एक शहीदकी पत्नीलाई पार्टीको टिकटमा उम्मेदवार बनाउन उहाँ सक्रिय देखिनुभा’छ,’ स्रोतले भन्यो, ‘पार्टीले चुनाव बहिष्कार गर्ने बताइरहँदा केन्द्रीय स्तरका वरिष्ठ यी नेताको रवैयाले स्थानीय कार्यकर्ता अन्योलमा परेका छन् ।’

६ मधेसवादी दल एकीकरण भएर निर्माण भएको राजपा अझै पनि औपचारिक रुपमा चुनावको विरोधमै छ । शनिबार मात्रै राजपा सप्तरीले विज्ञप्ति जारी गर्दे संविधान संशोधन नभई चुनावमा नजाने तथा संविधान संशोधन प्रक्रियामा बाधक देखिएको एमालेले सप्तरीमा गर्ने जुनसुकै कार्यक्रमको प्रतिवाद गर्ने जनाएको थियो । यसरी सार्वजनिक रुपमा चुनावको विरोध गरिराखेको भए पनि राजपाको केन्द्रीयदेखि जिल्ला तहसम्मको नेतृत्वपंक्ति भित्रभित्रै चुनाव तयारीमा जुटेको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?