२३ जेठ, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
मेगाका सीईओ अनिल केशरी शाह र नबिल इन्भेष्टमेण्टका सीईओ प्रवीणरमण पराजुलीबीच मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बैंकले गत बार्षिक साधारण सभाबाट ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । सोही बमोजिम बैंकले छिट्टै प्रतिसेयर एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता सेयर निष्काशन गर्न लागेको मेगा बैंकका सीईओ शाहले जानकारी दिए ।
हकप्रद सेयर निस्कासन गरेपछि मेगाको चुक्तापुँजी साँढे ७ अर्ब बढी पुग्नेछ । यसैगरी, आगामी आर्थिक बर्षको मुनाफापछि चुक्ता पुँजी ८ अर्ब पुग्ने बैंकले जनाएको छ ।
बैंकको साधारण सभाले बोनस सेयरका लागि लाग्ने कर समेत गरी १३.९५ प्रतिशत बोनस सेयर समेत दिने निर्णय गरेको थियो । सेयरधनीहरुले १३.२५ प्रतिशत बोनस सेयर र त्यसको करका लागि प्रतिसेयर ०.७० प्रतिशत नगद लाभांश समेत गरी १३.९५ प्रतिशत बोनस सेयर समेत पाइसकेका छन् ।
प्रतिक्रिया 4