६ असार, काठमाडौं । प्रायः पक्षघातका बिरामी हातखुट्टा, शरीर चलाउन नसक्ने, बोल्न नसक्नेजस्ता समस्याबाट ग्रसित हुन्छन् । उनीहरूको चाहना र आवश्यकता बुझ्न अभिभावक तथा रेखदेख गर्नेलाई कठिन हुन्छ । तर, नेपालमै यस्तो प्रविधि विकास भएको छ, जसले बिरामीको चाहना र आवश्यकता अभिभावक र रेखदेख गर्नेको मोबाइलमा सन्देशका रूपमा पठाउनेछ ।
दुई युवा अनुसन्धानकर्ताले विकास गरेको प्रविधि शरीरमा राखेपछि बिरामीले सोचेको कुरा मोबाइलको म्यासेज बक्समा पुग्नेछ र सो अनुसार बिरामीको कुरा बुझ्न अभिभावकलाई सहज हुनेछ ।
अनुसन्धानकर्ता युगेश पाण्डे र अंकित शाहले ८ महिना लगाएर विकास गरेको प्रविधिले पक्षघातका बिरामीको जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने देखिएको खबर अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।
शरीरमा जडान गरिएको ‘ईईजी’ नामको मेसिनले बिरामीको दिमागबाट उत्पन्न भएको माइक्रोभोल्ट (बिटा ब्रेन वेभ) विश्लेषण गरेर कम्प्युटरको सफ्टवेयरमार्फत मोबाइलमा सूचना दिन्छ ।
पाण्डेका अनुसार कम्प्युटरको स्क्रिनमा हरेक पाँच/पाँच सेकेन्डमा बिरामीका आवश्यकता र चाहनाका सूची आउँछन् ।
तस्वीर स्रोतः अन्नपूर्ण
प्रतिक्रिया 4