१० असार, काठमाडौं । विराटनगर महानगरपालिकाको जितहारलाई प्रतिष्ठासँग जोडेर हेरिरहेका राजनीतिक दलले चुनावी कमान्ड शीर्ष नेतालाई सुम्पेका छन् । मिश्रित बसोवास रहेको र बलियो जनाधार नभएकाले चुनावमा प्रभाव पार्न दलहरुले शीर्ष नेतालाई चुनावी अखडामा उतारेका हुन् ।
संविधानसभाको दोस्रो निार्वचनमा विराटनगर क्षेत्रमा पनि पर्ने मोरङका क्षेत्र नम्बर ५, ६ र ७ मा कांग्रेस विजयी भएको थियो । यही आधारमा कांग्रेसले महानगरमा आफ्नो बलियो उपस्थिति रहेको दाबी गरे पनि चुनावी दौडाहमा चार केन्द्रीय नेतालाई खटाएको छ ।
कांग्रेसबाट मोरङको कमान्डर तोकिएका विमलेन्द्र निधिले शुक्रबारदेखि चुनावी कमान्ड सम्हालिरहेको खबर नागरिकमा छ । कांग्रेसकै नेता शेखर कोइराला, महेश आचार्य, मीनेन्द्र रिजाल सातादेखि नै विराटनगरमा कांग्रेसी उम्मेदवारको घरदैलोमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4