१ साउन,बझाङ । ठाउँठाउँमा पहिरो गएपछि पूर्ण रुपमा अवरुद्घ भएको खोड्पे चैनपुर जयपृथ्वी राजमार्गमा यातायातका साधन चले पनि सदरमुकाम अन्य गाउँहरुको सडक सञ्जालबाट बिच्छेद भएको छ ।
तमैल नजिक रहेको माल्ना लाग्ने भिरमा एक हप्ता अघि आएको पहिरो पन्छाउन यो बर्षामा नसकिने सरोकारवालाले बताएका छन् ।
सडकको माथिदेखि १ सय मिटर तल सेती नदी किनारसम्म जोखिमपूर्ण पहिरो बनेकाले तत्काल पहिरो पन्छाउन नसकिने सडक विभागले जनाएको छ ।
सडकको अवस्थाबारे सडक विभागका कर्मचारी,नेपाली सेनाले जानकारी केही दिन अघि नै लिएपनि तत्काल झनै जोखिम निम्तिने भएकाले केही गर्न नसक्ने बताएका छन् ।
सडकको माथिपट्टबिाट पहिरो खस्ने र सडक भासिएर सडकको तलदेखि माथिसम्म ठूलो चट्टान तेर्सिएकाले रोडको अवस्था लथालिङग भएको हो ।
सडक अवरुद्घ हुँदा चैनपुरबाट लामो र छोटो दुरिमा छुट्ने यातायाताका साधनहरु तमैल बजारमा रोकिने गरेका छन् ।
यातायात चैनपुर नपुग्दा चैनपुर बजारमा तरकारी हाहाकार नै भएको छ भने स्थानीय कृषकले उत्पादन गरेका तरकारीको मूल्य आकासिएको छ ।
चैनपुर बजारमा तरकारी ,फलफुल र अन्य दैनिक उपभोग्य वस्तुको मुल्य आकास्ािएको चैनपुरमा व्यवसाय गर्दै आएका गोविन्द बाहोराले बताए ।
बझाङमा हाल बझाङ सार्वजनिक यातायात,सुदुरपश्चिम यातायात,कर्णाली रिभर यातायात,बडिमालिका यातायात ,पवनदूत् यातायात , सेती महाकाली यातायात ,उग्रतारा यातायात सञ्चालनमा भएपनि गन्तव्यमा यातायातका साधन नपुग्दा यात्रुहरु मर्कामा परेका छन् ।
ठाउँठाउँ गाडी परिवर्तन गरि हिँड्नपर्ने र पहिरो आएको भन्दै महँगो भाडा लिने गरेको जयपृथ्वी नगरपालिका वडा नं. १ का भुवनसिंह ठकुरीले बताए ।
प्रतिक्रिया 4