Comments Add Comment

‘छक्का पन्जा २’को ‘झ्याम्म झ्याम्म’ गीत सार्वजनिक


प्रतिक्षित चलचित्र ‘छक्का पन्जा २’मा समावेश ‘झ्याम्म झ्याम्म’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । पहिलो गीत ‘नाइलनको साडी’ले औषत समिक्षा पाइरहेको समयमा यो गीत प्रतिक्षित बनेको थियो ।

गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर, किरण कँडेलको संगीत, उत्तम संजेलको शब्द छ । चलचित्रको यो भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन छ । गीतमा अतिथी कलाकारको रुपमा विल्सन विक्रम राइले नृत्य गरेका छन् । साथमा, चलचित्रका मुख्य कलाकार नायिका प्रियंका कार्की, दीपकराज गिरी र वुद्धि तामाङको नृत्य यो भिडियोमा हेर्न पाइनेछ ।

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्रमा जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

असोज ११ गतेबाट रिलिज हुन लागेको चलचित्रको यो गीत तपाइलाइ कस्तो लाग्यो, कृपया प्रतिक्रिया दिनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment