
१४ भदौ, कालिकोट । आगामी मंसिरमा हुने प्रदेश रं संघको निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिबेदन बुझाउने तयारी गरिरहेका बेला कालिकोटवासीले आपत्ती जनाएका छन् ।
जनसंख्यालाई मात्रै आधार मानेर भुगोललाई नमिलाइएको भन्दै कालिकोटवासीले आपत्ती जनाएका हुन् । पचाल झरना गाउँपालिका लगायतका केही स्थानीय निकायलाई जनसंख्याको आधार मानेर भुगोल नमिलाइएको भन्दै आपत्ती जनाएका हुन् ।
कुनै पनि प्रकारले नमिल्ने पचाल झरना गाउँपालिकालाई तिला क्षेत्रमा राख्न खोजिएको भन्दै सरोकारवालाले आपती जनाएका छन् ।
संघीय संसदका लागि एक निर्वाचन क्षेत्र र प्रर्देशसभाका लागि दुई क्षेत्र रहने कालिकोटमा भौगोलिक तवरले छुटिएका तिलाकणर्णाली क्षेत्रका १३ र कणर्णाली क्षेत्रका १७ साबिकका गाबिसलाई आधार मान्दा जनसंख्याको सन्तुलन नमिलेको भन्दै आयोगले केही गाउँपालिका टुक्र्याउन खोजेको हल्ला बाहिर आएपछि पचाल झरना गाउँपालिकाका अध्यक्ष खडकराज सेजुवालले मान्य नहुँने बताए ।
पत्रकारहरुसंघको भेटमा जनसंख्यालाई आधार बनाएर भौगोलिक कठिनाईलाई मध्यनजर नगरी पचाल झरनालाई टुक्रा्याएर कम्जोर बनाउन खोजे आन्दोलन गरिने र आगामी निर्वाचनमा सहभागी नहुने बताए ।
उनले आफूले आयोगका पदाधिकारीहरुसँग कुरा गर्दा नटुकि्रने आश्वासन दिएको भन्दै टुक्रिए काठमाडौंमै आन्दोलन गर्ने चेतावनी दिए ।
कालिकोटमा साविकका १७ र १३ गाविसलाई दुईवटा नदी र तीन हजार मिटर उचाई रहेको चुलिमालिका पहाडले भौगोलिक दिशा निर्देश गरेको छ । सोही अनुसार भौगोलिक कठिनाइलाई मध्यनजर गर्न अध्यक्ष सेजुवालले आयोगलाई आग्रह गरे ।
रत्न कार्कीबाट
प्रतिक्रिया 4