+
+

डमी उम्मेदवारको विगविगी !

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७४ भदौ २९ गते ११:३०

२९ भदौ, रौतहट । रौतहटमा यस्ता उम्मेदवार पनि छन्, जो आफूलाई भोट माग्दैनन् बरु अर्को उम्मेदवारलाई मत देऊ भन्दै हिँडिरहेका छन् । त्यो एक दुई होइन, दर्जनौं छन् ।

उनीहरु डमी उम्मेदवार हुन्, जसलाई प्रमुख दलका उम्मेदवारले गाडी सुविधाकै लाागि खडा गरेका हुन् ।

निर्वाचन आचार संहिता अनुसार स्थानीय तह प्रमुख, उपप्रमुखकाम उम्मेदवारले चार पाङग्रे हलुका सवारी दुई वटा र मोटरसाइकल दुई वटा प्रयोग गर्न पाइन्छ ।

तर, स्थानीय तहका प्रमुखका उम्मेदवारहरुले पाँचदेखि २० वटा गाडीसम्म कुदाइरहेका छन् । नगरपालिकाको ठूलो क्षेत्रफलमा दुई वटा मात्र गाडी प्रयोग गरेर प्रचार प्रसारका लागी सबै नेता कार्यकर्तालाई परिचालन गर्न नसकिने भन्दै उनीहरुले डमी उम्मेदवार खडा गरेर तीनले पाउने गाडी सुबिधा प्रयोग गरेका हुन् ।

मनोनयन दर्ताकै दिन उम्मेदवारहरुले कार्यकर्तालाई स्वतन्त्र उम्मेदवारी दिन लगाउँछन् र उनीहरुको भागमा परेको गाडी आफ्नो चुनावी प्रचार प्रसारमा प्रयोग गर्छन् ।

केहीले भने भाउ बढाउनकै लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराउँछन् र चुनावी माहोल तातेपछि आफूले पाउने सुविधा अन्य दल वा उम्मेदवारलाई विक्रि गर्छन् । चुनावी प्रचार प्रसारको लागि भारतीय गाडीहरुको प्रयोग अत्याधिक भएको छ । मनोनयन दर्ता कै दिन झण्डै १४० गाडीले नेपाल भित्रिन भन्सार काटेका थिए ।

१८ स्थानीय तहमा ४ हजार उम्मेदवार

निर्वाचन आयोगका अनुसार रौतहटका १८ स्थानिय तहमा कम चार हजार बढी उम्मेदवार छन् ।

जसमा धेरै डमी उम्मेदवार भएको भेटिएको छ । सबै क्षेत्रमा पुग्न गाडी चाहिने र दुई वटा मात्रै गाडीले चुनावी प्रचार भ्याउन नसक्ने भएपछि आफूले तीन डमी (नक्कली) उम्मेदवार खडा गरेको एक उम्मेदवार बताउँछन् ।

१५०० रुपैयाँ तिरेर गौर नगरपालिका प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका गौर नगरपालिकाकै एक डमी उम्मेदवारले आफूले पाएको गाडी सुविधा अन्य दललाई दिएको बताए । नाम उल्लेख नगर्ने शर्तमा उनले भने, मैले अर्को दललाई समर्थन दिएको छु । गाडी सुविधा अरुलाई हस्तान्तरण गरेँ ।’

डमी उम्मेदवार खडा गरेर अर्कैले सुविधा प्रयोग गर्दा पनि निर्वाचन आयोगले भने केही गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?