पाउल पोग्वा ६ साता मैदानबाहिर
२९ भदौ, काठमाडौं । म्यान्चेस्टर युनाइटेडले गएराति एफसी बासेलबिरुद्ध जित हासिल गर्दै च्याम्पियन्स लिगमा विजयी सुरुवात त गर्यो । तर, आफ्ना मुख्य खेलाडी मिडफिल्डर पाउल पोग्वालाई हृयामस्टि्रङको चोटका कारण ६ साताका लागि गुमाएको छ ।
बुधबार राति भएको परीक्षणमा २४ वर्षीय फ्रान्सेली मिडफिल्डर पोग्वा कम्तीमा एक महिना र बढीमा ६ सातासम्म मैदान बाहिर रहनुपर्ने भएको हो । पि्रमियर लिगमा आगामी अक्टोबर १४ मा हुने लिभरपुलसँगको खेलमा उनी फिट हुने अपेक्षा गरिएको छ ।
शुक्रबारको पत्रकार सम्मेलनमा युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले यसबारे विस्तृत विवरण दिनेछन् ।
पोग्वाले पि्रमियर लिगमा एभर्टन, साउथहृयाम्टन र क्रिष्टल प्यालेससँग त्यस्तै लिग कपको तेस्रो चरणमा आगामी बुधबार बुर्टोनसँग र च्याम्पियन्स लिगमा २७ सेप्टेम्बरमा सिएसकेए मस्कोसँगको खेल गुमाउने निश्चित भएको छ ।
उनले फ्रान्सेली टिमबाट विश्वकप छनौट अन्तर्गत बुल्गेरिया र बेलारुससँगको खेल पनि गुमाउनेछन् । जुन खेल रुस विश्वकपमा सहभागिता निश्चित गराउन फ्रान्सका लागि जित्नैपर्ने छन् ।
प्रतिक्रिया 4