२९ भदौ, महोत्तरी । नेकपा एमालेका महासचिब ईश्वर पोखरेलले एमालेलाई मधेस बिरोधी भनेर सत्ताधारी र मधेसकेन्दि्रत दलले फैलाएको अफवाह स्थानीय चुनावका क्रममा पानीको फोका जस्तै फुटिसकेको दावी गरेका छन् ।
२ नम्बर प्रदेशको चुनावी अभियानको नेतृत्व गरिरहेका महासचिव पोखरेलले बिहीवार महोत्तरी पुगेर हिजो एमालेलाई मधेस बिरोधी भन्नेहरु आज आफैं एमाले प्रवेश गरिरहेको बताए ।
उनले भने- ‘हिजो मधेस बिरोधी भन्नेहरु आज गल्ती भएछ भनेर एमालेमा प्रवेश गरेर उम्मेदवार नै बनिसके । मधेस बिरोधी भन्ने आरोप अब पानीको फोका जस्तै फुटिसक्यो ।’
पोखरेलले थपे- ‘मधेसका जनताले एमालेका कुरा चाखपूर्वक सुनिरहेका छन् । भ्रमबाट मुक्त हुँदैछन् ।’
महासचिव पोखरेलले बिहीबार महोत्तरीको बर्दीवास नगरपालिकाका विभिन्न वडामा पुगेर चुनावी सभामा भाग लिए । जनकपुर लगायत धनुषाको चुनावी अभियानमा सहभागी भएर महोत्तरी पुगेका पोखरेलले जलेश्वर, बर्दिबास, औरही लगायतका नगरपालिकाका सभालाई सम्बोधन गर्दैछन् ।
प्रतिक्रिया 4