+
+

पर्साका ४ स्थानीय तहमा एमालेको अग्रता, कांग्रेस र माओवादी १/१ ठाउँमा अगाडि

हालसम्म एमालेका २ र माओवादीका एक वडाध्यक्ष बिजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ३ गते १२:४३

३ असोज, वीरगन्ज । पर्साका १४ स्थानीय तहमध्ये वीरगन्ज महानगरपालिकाबाहेक अन्य सबै नगर र गाउँपालिकामा मतगणना शुरु भएको छ । मतगणना जारी रहेकामध्ये ६ स्थानीय तहको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक भएकामध्ये एमालेले चार र कांग्रेस माओवादीले एक–एक स्थानीय तहमा अग्रता लिएका छन् । एमालेले पर्सागढी, पटर्वा सुगौली, सखुवा पर्सौनी र बिन्दबासिनी गाउँपालिकामा अग्रता लिएको वीरगन्जबाट अनलाइनखबरकर्मी महेश दासले जनाएका छन् ।

माओवादीको अग्रता ठोरी गाउँपालिकामा छ ।

त्यस्तै कालिकामाई गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ ।

पटेर्बासुगौली गाउँपालिका वडा न १ मा एमालेका फरमान मिया अन्सारीको प्यानलै विजयी भएको छ । बिन्दबासिनी गाउँपालिका वडा नम्बर १ मा एमालेका सगिर मियाको प्यानलैले जित निकालेको छ । ठोरी गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका रामप्रकाश कुँवरको प्यानल विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?