+
+

आमिरले फत्तिमालाई अंगालेपछि कट्रिना रिसाइन्

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २७ गते १४:४९


नायिका कट्रिना कैफ यतिबेला नायक आमिर खानसँग चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’मा व्यस्त छिन् । तर, यतिबेला आमिरसँग कैफ आक्रोशित भएको खबर सार्वजनिक भएको छ ।

मिडिया रिपोर्टका अनुसार, आमिरले चलचित्रकी मुख्य नायिका कट्रिना नभएर ‘दंगल’ डेब्यू नायिका फत्तिमा सैख हुन् भनेपछि लफडा उत्पन्न भएको हो । हालैमात्र चलचित्र ‘सेक्रेट सुपरस्टार’को प्रमोशनको क्रममा आमिरले चलचित्रमा नायिका कैफको केही गीतमा मात्र अभिनय रहेको बताएपछि कैफ रिसाएकी हुन् ।

चलचित्रमा कैफको मुख्य भूमिका छ । कैफका कारण चलचित्रमा थुप्रै खालका आरोह उत्पन्न हुन्छन् । मिडियाका अनुसार, फत्तिमा र आमिर निकै नजिक छन् । यसैले, पनि उनले फत्तिमालाई अगाडि ल्याइरहेका छन् । तर, कैफलाई आमिरले पछाडि राखेपछि उनी आमिरसँग रिसाएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?