६ कात्तिक, स्पेन । क्याटलान सरकारका वरिष्ठ अधिकारीले यदि स्पेनिस सरकारले अनावश्यक नियन्त्रण गर्न चाहे मड्रिडको आदेश नमान्ने चेतावनी दिएका छन् ।
विदेश मामलाका प्रवक्ता राउल रोमावाले बीबीसीसँगको कुराकानीमा केन्द्र सरकार क्याटलानको इच्छा विपरित काम गरिरहेको बताए ।
स्पेनका प्रधानमन्त्री मारियानो राजोयले क्षेत्रीय सरकार बर्खास्त गर्ने र आफ्ना संसदको केहि स्वतन्त्रता कम गर्ने योजनाको घोषणा गरेका छन् ।
क्याटलोनियाका फरक-फरक पार्टीहरु यसबारे धारणा बनाउन गृहकार्यमा छन् ।
स्पेनिस सिनेटले शुक्रबार क्षेत्रीय निर्वाचनको प्रस्तावसहित सरकारी योजनालाई स्वीकार गर्ने अपेक्षा गरिएको छ ।
गत अक्टोवर १ मा क्याटलोनियामा स्वतन्त्रता जनमत संग्रह सम्पन्न भएको थियो जसलाई स्पेनिस सरकारले गैरकानूनी भनेको छ ।
क्याटलान राष्ट्रपति कार्लेस प्यूग्डमोन्टको नेतृत्वमा भएको जनमत संग्रहमा सहभागी भएका ४३ प्रतिशत मध्ये ९० प्रतिशतले स्वतन्त्रताका पक्षमा मतदान गरेका थिए ।
राष्ट्रपति प्यूग्डमोन्टले भनेका छन् कि उनको सरकार प्रत्यक्ष शासन स्वीकार गर्नेछैन ।
कार्लोस प्यूग्डमोन्टको शक्ति कमजोर पार्नुका अलावा केन्द्र सरकार क्याटलोनियाको स्थानीय पुलिस, सार्वजनिक सञ्चारमाध्यम र टिभी-थ्री माथि नियन्त्रणको प्रयास गरिरहेको छ ।
प्रतिक्रिया 4