+
+

१० वर्षे नेपाली बालकका खुट्टाका औंला हातमा प्रत्यारोपण

आगोका कारण दुवै हातका औंला गुमाएका थिए उनले

प्रेस ट्रस्ट अफ इन्डिया प्रेस ट्रस्ट अफ इन्डिया
२०७४ कात्तिक ७ गते १२:०५

७ कात्तिक, नयाँदिल्ली । सफ्दरगञ्ज अस्पतालका चिकित्सकहरुले एक १० वर्षीय नेपाली बालकको औंला सफलतापूर्वक प्रत्यारोपण गरेका छन् ।

उनको खुट्टाका दुई औंला शल्यक्रियामार्फत् हातमा प्रत्यारोपण गरिएको हो । सन् २०१५ मा आगलागीमा परी उनको हातका औंला गुमेका थिए । अस्पतालका प्लास्टिक सर्जरी विभागका प्राध्यापक राकेश कैनका अनुसार उनको नाडी आगोका कारण फैलिएको थियो ।

शल्यक्रियाको क्रममा उनको एक हात नाडीबाट र अर्को औंलादेखि पाखुरासम्म काट्नु परेको थियो । उनका हात काम गर्न नसक्ने अवस्थामा थिए । कलम समाउन पनि सक्दैनथे, उनले । सोही कारण उनको आत्मविश्वास कम भएको थियो ।

चिकित्सकहरुले उनका खुट्टाका औंला हातमा ल्याएर जोड्ने विधि अपनाए । १० घण्टाको शल्यक्रिया क्रममा आगोबाट जलेको भागमा रक्तसञ्चार पुनः सुरु गराउन चिकित्सकहरुले सफलता पाए ।

‘यो प्रक्रिया एकदमै चुनौतीपूर्ण थियो र लामो समय बेहोसीमा राख्नुपर्ने थियो,’ डा. कैनले भने, ‘तर, माइक्रोभास्कुलर रक्तप्रवाह कायम राख्न औंला प्रत्यारोपण जरुरी थियो ।’

उनका अनुसार शल्यक्रिया असफल भएको भए ती बालक मानसिक आघातमा पर्नेसक्ने थिए । ‘अब उनी आफ्नो नियमित काममा फर्किन सक्ने भएका छन्,’ डा. कैनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?