+
+

सिन्धुलीमा पिकअप जीप दुर्घटना, २ को मृत्यु, ५ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १९ गते २२:५८

१९ कात्तिक, सिन्धुली । सिन्धुलीको खुर्कोटबाट खाङसाङ तर्फ जाँदै गरेको पिकअप जीप आइतबार राति फिक्कल गाउँपालिका ४ टर्कीबेसी भन्ने स्थानमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् ।

राती करिब ९ बजे बा ७ च ३६९५ नम्बरको जीप उकालो चढ्ने क्रममा सडकबाट करिब एक सय मिटर तल खेतमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा फिक्कल गाउँपालिका ४ का अन्दाजी ४० वर्षीय अम्बर बहादुर दर्लामी र सोही ठाउँकै रामप्रसाद बरालको घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते पाँच जना मध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई उद्धार गरी खुर्कोट तर्फ ल्याइँदै छ ।

दुर्घटनास्थलमा खाङसाङका प्रहरी उद्धारमा परिचालित भएका थिए । खुर्कोटबाट पनि थप प्रहरी टोली खटाइएको थियो । तर रातीको बेला र दुर्गम ठाउँ भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थल सिन्धुली सदरमुकामबाट अन्दाजी ५०–६० किलोमिटर टाढा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?