चौतर्फी आक्रमणमा परेका बलिउड निर्देशक सञ्जयलीला भन्साली र चलचित्र ‘पद्यमावती’को नायक सलमान खानले बचाउ गरेका छन् । चलचित्रको पक्षमा बोल्दै सलमानले भनेका छन्-‘चलचित्र नै नहेरी विरोध गर्नु हुँदैन । भन्सालीले कहिल्यै गलत चलचित्र बनाउँदैनन् । चलचित्र ठिक छ कि छैन हेर्ने काम सेन्सर बोर्डको हो ।
कुनै पनि संघ संगठनको होइन ।’ ‘पद्यमावती’मा नायिका दीपिका पादुकोणले रानी पद्यमावतीको भुमिका निर्वाह गरेकी छिन् भने रणवीर सिंह अलाउद्दीन खिलजीको भुमिकामा छन् । चलचित्रको विरोध गर्नेहरुले रानी पद्यमावती र अलाउद्दिनको इन्टिमेट सिनको वारेमा आपत्ती जनाएका छन् । त्यति मात्रै हैन इतिहासको गलत ब्याख्या गरेको आरोप पनि लगाएका छन् ।
यो चलचित्र डिसेम्बर १ तारिखबाट रिलिज गर्ने तयारी गरिएको छ । संजयलिला भन्सालीले केही दिनमै चलचित्रको विरोध गर्नेहरुलाई चलचित्र देखाउने तयारी गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4