+
+

संविधानको त्रुटि सुधार गर्न कांग्रेस प्रतिबद्धः विमलेन्द्र निधि

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १ गते ११:४८

१ मंसिर, धनुषा । नेपाली कांग्रेसका नेता एवंम धनुषा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले संविधानमा देखिएको त्रुटि सुधार गर्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।

यसअघि समेत कांग्रेसको अगुवाइमा संविधान संशोधन प्रस्ताव अगाडि बढेको र आगामी दिनमा समेत त्रुटि सुधार गर्न नेतृत्व लिने निधिले बताए ।

जनकपुर उपमहानगरपालिका-१० मा चुनावीसभा तथा मतदाता भेटघाट कार्यक्रममा नेता निधिले कांग्रेस न्यून क्षतिमा अधिक उपलब्धि लिने उद्देश्यले मधेश अधिकार सम्बोधन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताए ।

नेता निधिले वर्तमान संविधानले संघीयता, गणतन्त्र ल्याएको भन्दै संविधानमा हस्ताक्षर नगर्नेहरुलाई भावी पुस्ताले धिक्कार्ने निश्चित रहेको बताउँदै भने,’संविधान नै नभए अहिले संशोधन कहाँ हुने, यही सोचका साथ नेका संविधान जारी गर्न तयार भयो ।’

मधेश आन्दोलनको नाउँमा संगठित भएर केही दल सीमाङ्कन बिना संविधान जारी गर्न तयार भएको अवस्थामा संघीयता सहितको संविधान जारी गर्ने सर्वोच्चको तत्कालीन न्यायाधीश गिरिशचन्द्र लालद्वारा गरिएको निर्णयलाई सबभन्दा पहिला नेपाली कांग्रेसले स्वागत गरेको निधिले बताए ।

नेता निधिले जनकपुरको धार्मिक, सांस्कृतिक, आध्यात्मिक मान्यतालाई अक्षुण्ण राख्दै स्थानीयवासीको भावनाअनुसार विकास निर्माणको कार्यमा अगाडि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

उनले विगतमा समेत जनकपुरको विकासप्रति प्रतिबद्ध रहेको बताउँदै जनकपुरलाई प्रादेशिक राजधानी र विकासको प्रमुख उद्देश्यका साथ चुनावमा उम्मेदवारी दिएको बताउँदै यही मंसिर २१ गते हुने निर्वाचनमा कांग्रेसको पक्षमा मतदान गर्न सबै मतदातालाई आग्रह गरे ।

यसैबीच, कार्यक्रममा राजपा, एमाले र राप्रपासहितका राजनीतिक दल परित्याग गरी करीब ७० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कार्यक्रममा स्थानीय देवेन्द्र यादव, सदन भगत, मनोज मिश्र, शैलेन्द्र नारायण मल्लिक, युगलकिशोर लाभ, समानुपातिक उम्मदेवार स्मृतिनारायण चौधरी, शिवचन्द्र चौधरी, मिनाक्षी झा र जगदीश महासेठ सहितका व्यक्तिहरुले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?