१० मंसिर, बुटवल । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले नेपालमा दुई दलीय तानाशाही व्यवस्था लाद्ने प्रयास गरिएको आरोप लगाएका छन् ।
‘ठूला दलले थ्रेसहोल्डको व्यवस्था गरेर २ दलीय तानाशाही व्यवस्था लाद्न खोजे’, उनले बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘साना दललाई आत्मसमर्पण गराउने र आफ्नै तानाशाही शैली लागू गराउन खोजेका छन् । हामीलाइ त्यो स्वीकार्य छैन ।’
उनले जनगणतन्त्रबिरुद्धमा लोकतान्त्रिक गणतन्त्र आएको समेत बताए ।
माओवादी केन्द्रले मुलुकमा अपवित्र राजनीति गरेको आरोप लगाउँदै गजुरेलले भने, ‘विवाह गरिसकेपछि एउटा श्रीमानसँग बसिरहेका बेला
अर्को श्रीमान ल्याएर राख्न पाइदैनन नि, देउवाको सरकारमा पनि बसिरहने र ओलीसँग मिलेर अर्को गठबन्धन बनाउने ?’
‘देउवासँग हनिमुन पनि मनाउँदै गर्दा ओलीसँग पनि सँगै बस्नु राम्रो होइन, प्रचण्डले नैतिक नियम मिचे’, उनले भने ।
प्रतिक्रिया 4