
१३ मंसिर, उदयपुर । उदयपुरगढी नगरपालिका ६ स्थित दनुवारबेसीमा भएको बम विस्फोटमा कांग्रेस उम्मेदवारसहित सात जना घाइते भएका छन् ।
विस्फोटको कसैले जिम्मा लिएको छैन तर, स्थानीय प्रशासनले चुनाव बहिस्कार अभियान चलाएको विप्लव समूहमाथि शंका गरेको छ ।
कटारीबाट नेपालटारको आमसभातर्फ जाँदै गर्दा उदयपुर २ का प्रतिनिधिसभा सदस्यका कांग्रेस उम्मेदवार नारायणबहादुर ककार्की चडेको बा १५ च ७८०६ नम्बर गाडी बम विस्फोटमा परेको थियो । प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठका अनुसार कार्की आउँदैछ भन्ने सूचनाका आधारमा प्रेसरकुकर वम राखिएको पाइएको छ ।
कांग्रेस उदयपुरका नेता लबराज अधिकारीका अनुसार विष्फोट हुँदा गाडी करिब १० मिटर माथिसम्म उपि|mएको थियो ।
विस्फोटमा परी कांग्रेस उम्मेदवार कार्की पनि घाइते भएका छन् । कार्की र नेविसंघ जिल्ला अध्यक्ष मीरा कट्वाललाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ र महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
कार्कीको हातको औला चुँडिएको छ, अनुहार र खुट्टामा गहिरो चोट लागेको छ । कट्वालको खुट्टामा गम्भीर चोट लागेको छद्ध ।
विस्फोटमा परी सामान्य घाइते भएका दुइ जना सुरक्षाकर्मी र चालकको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । त्यही गाडीमा रहेका अन्य दुइ जना भने सामान्य अबस्थामा रहेको अधिकारीले बताएका छन् ।
घटनापछि बसेको सुरक्षा समितिको बैठक बसेर थप सुरक्षाकर्मी परिचालनको निर्णय गरेको प्रजिअ श्रेष्ठले जानकारी दिए ।
घटनामा संलग्नहरुको खोजी भइरहेको छ । ‘अहिलेसम्म कसैले जिम्मा त लिएको छैन तर, अन्य घटनाहरुमा प्रत्यक्ष अप्रत्यक्ष संलग्नता भएकाले यसमा पनि विप्लव समूहको संलग्नताको आशंका छ’ श्रेष्ठले भनेका छन् ।
प्रतिक्रिया 4