+
+

कपनवासीलाई गगनले भने-मेरो नियत खराब होइन, बसमा नभएर मात्र हो

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १७ गते १८:३०

१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं ४ का उम्मेदवार गगन थापाले कपनवासीले गत वर्षमा जस्तो समस्या अब भोग्नु नपर्ने बताएका छन् ।

चुनवी अभियानको अन्तिम सभा कपनमा परेका गगनले वर्षामा भोगेको समस्याप्रति क्षमा मागे । सबै सडक एकै पटक बनाउँछु भन्ने महत्वकाक्षी राखेको र कतिपय संरचनागत समस्या भएको भन्दै उनले भने, ‘गत वर्षामा जुन समस्या भोग्नुपर्‍यो, त्यो मेरो नियत खराब भएर होइन, बस (नियन्त्रण) मा नभएर हो ।’

उनले आगामी वर्ष अगाबै यो क्षेत्रको सबै बाटो निर्माण सक्ने गरी काम भइरहेको बताए ।

सबै बाटो विस्तारको प्रक्रियमा लगेका कारण कपनमा गत वर्षमा  सडकमा हिड्न निकै गाह्रो भएको थियो । विपक्षीले यही मुद्दालाई चुनावी नारा बनाएका छन् ।

गगनले आफूलाई सांसद बनाएर पठाए अबको ५ वर्ष सार्वजनिक शिक्षा र स्वास्थ्यका लागि लड्ने बताए । उनले भने, ‘सबैले समान र गुणस्तरीय शिक्षा र स्वास्थ्य पानुपर्छ भनेर लड्दै गरेको तपाईहरुले देख्न पाउनु हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?