२१ मंसिर, कपिलवस्तु । दोस्रो चरण अन्तर्गत प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कपिलवस्तुबासीले उत्साहजनक सहभागिता जनाएका छन् ।
विहान ५ बजेदेखि नै मतदाताहरु मतदान केन्द्रहरुमा लामबद्ध भएका थिए । जिल्लाका २३३ मतदान स्थलका ४१० मतदान केन्द्रमा मतदाताको सहभागिता उत्साहजनक देखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधि सभा १ का कांग्रेस उम्मेदवार दीपकुमार उपाध्यायले हथौसाको घरभुदिया माविबाट मतदान गरेका छन् ।
यसैगरी वाम गठबन्धनका साझा उम्मेदवार माओवादीका चक्रपाणी खनाल ‘बलदेव’ले वाणंंगगा ७ लक्ष्मणघाट माविबाट मतदान गरे ।
निर्वाचनलाई सफल बनाउन आज जिल्लाभर ५ हजार ३ सय ५७ सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी ३ हजार २ सय ४६ जना कर्मचारी मतदान केन्द्रमा खटिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
३ वटा प्रतिनिधिसभा र ६ वटा प्रदेशसभा रहेको कपिलवस्तुमा २ सय बढी उम्मेदवारहरुको भाग्यको फैसला ३ लाख ११ हजार मतदाताले गर्ने भएका छन् ।
प्रतिक्रिया 4