+
+

पर्सामा शान्तिपूर्ण मतदान, २० प्रतिशत भोट खस्यो

सुरेश बिडारी सुरेश बिडारी
२०७४ मंसिर २१ गते ११:१७

 

२१ मंसिर, वीरगञ्ज । तोकिएको समय बिहान ७ बजेभन्दा केहि ढिलोगरी भएपनि पर्सा जिल्लाका सबै मतदान केन्द्रमा मतदान शुरु भएको छ ।

एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ वटा स्थानीय तह रहेको पर्सा जिल्लामा १६७ मतदानस्थल र ३५१ मतदान केन्द्र छन् ।

बिहान १०:३० बजेसम्ममा औसतमा २० प्रतिशतको हाराहारीमा मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साले जनाएको छ । ‘सबैतिर शान्ति पूर्ण रुपमा मतदान चलिरहेको छ,’ मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले भने, ‘झण्डै २० प्रतिशत मत खसिसकेको अनुमान हामीले गरेका छौं ।’

परिचय पत्र भएर पनि मतदाता नामावलीमा नाम नभएको भनेर एक दुईवटा गुनासो आइरहेको उनले बताए ।

पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिए ।

पर्सा जिल्लामा चारवटा प्रतिनिधिसभा र आठ प्रदेशसभाको लागि १७६ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसअन्तर्गत चार प्रतिनिधिसभाका लागि ६४ जना र आठ प्रदेशसभाको लागि १४४ जनाले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साले जनाएको छ ।

एक लाख २४ हजार ४०९ महिला तथा १६ जना तेस्रो लिंगीसहित पर्सा जिल्लामा दुई लाख ९९ हजार ५४ मतदाता छन् । उनीहरुले नै उम्मेदवारहरुको भविष्य निर्धारण गर्नेछन् । मनोनयन दर्ता गरेका मध्ये ७६ जना उम्मेदवार स्वतन्त्र छन् ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?