२५ मंसिर, बर्दिवास । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल महोत्तरी क्षेत्रनम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । यो जितसँगै उनले लगातार तीनवटा चुनावमा जित्दै ह्याट्रिक गरेका छन् ।
प्रतिनिधिसभा चुनावमा उनी २३ हजार ७७६ मत ल्याउँदै विजयी भएका छन् । उनले संघीय समाजवादी फोरमका लक्ष्मी महतोलाई ४२८४ मत अन्तरले पराजित गरे । पोखरेलका निकटतम प्रतिस्पर्धी महतोको पक्षमा १९ हजार ४९२ मत परेको छ ।
हालका विनाविभागीय मन्त्री समेत रहेका पोखरेल यसअघि पहिलो संविधानसभा ०६४ र दोस्रो संविधानसभा ०७० मा पनि निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4