२७ मंसिर, काठमाडौं । प्रतिनिधिसभामा जस्तै प्रदेशसभामा पनि निकै कम महिला प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । जसको क्षतिपूर्ति अब प्रदेशसभामा पनि दलहरुले समानुपातिकबाट गर्नुपर्नेछ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पाँच महिला निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट पम्फा भुसाल, कमला रोका र विना मगर तथा एमालेबाट पवित्रा निरौला खरेल र पद्माकुमारी अर्याल प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् ।
प्रदेशसभातर्फ १७ महिला निर्वाचित भएका छन् । प्रदेश १, ४ र ५ मा दुईदुई जना, २ र ३ मा पाँचपाच र ७ मा एक महिला निर्वाचित भएका हुन् ।
दलीय हिसावमा हेर्दा प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित महिलामा कांग्रेस छैन ।
प्रतिनिधिसभामा माओवादीबाट तीन र एमालेबाट दुई महिला चुनिँदा प्रदेशतर्फ एमालेबाट ८ र माओवादीबाट ७ तथा राजपाबाट २ महिला प्रत्यक्ष जितेका छन् ।
जबकी सात वटै प्रदेशमा गरेका प्रदेशसभामा ३३० प्रत्यक्ष सिट छन्, जसमा एमालेले १६८, माओवादीले ७३, कांग्रेसले ४१, संघीय समाजवादी फोरमले २४, राष्ट्रिय जनता पार्टीले १६ सिट जितेका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार तीन क्षेत्रमा विजयी हुँदा नयाँ शक्ति पार्टी र र राष्ट्रिय जनमोर्चाले २/२ र नेपाल मजदुर किसान पार्टीले १ सिट जितेको छ ।
३३० प्रदेशसभाका सदस्यको निर्वाचन हुँदा सबैभन्दा बरिष्ठता नेतृ अष्टलक्ष्मी शाक्य परेकी छन् ।
एमाले उपाध्यक्ष शाक्य प्रदेश नम्बर ३ को भावी मुख्यमन्त्री समेत हुन् । उनलाई मुख्यमन्त्री बन्ने गरि प्रदेशमा पठाइएको एमाले स्रोतले जनाएको छ ।
सम्भवतः ७ प्रदेशमध्ये मुख्यमन्त्री बन्ने महिला अष्टलक्ष्मी मात्र हुन् । त्यस्तै एमालेकी नरदेवी पुन यसअघि राज्यमन्त्री भइसकेकी महिला नेतृ हुन् भने माओवादीकी आशा कोइराला हाल विनाविभागीय मन्त्री छन् ।
राजपाका रानी शर्मा तिवारी र सुरिताकुमारी साह पनि बरिष्ठ महिला नेतृ हुन् । सुरिता पूर्व सञ्चार सहायकमन्त्री हुन् भने रानी पार्टीको उपाध्यक्ष भइसकेको नेतृ हुन् ।
कोको हुन् प्रदेशमा प्रत्यक्ष जित्ने महिला
प्रदेश १
खिनु लिनुङ्वा लिम्बु – इलाम १ क, एमाले
कला घले – उदयपुर १ ख, एमाले
प्रदेश २
शारदा थापा – महोत्तरी १ क, एमाले
बेची लुङ्गेली – सर्लाही १ ख, एमाले
ज्वालाकुमारी साह- बारा ३ क, माओवादी
रानी शर्मा – महोत्तरी ३ ख, राजपा
सुरिता साह – महोत्तरी २ ख, राजपा
प्रदेश ३
अष्टलक्ष्मी शाक्य – काठमाडौं ८ ख, एमाले
रमा आले मगर – काठमाडौं १० ख, एमाले
लालकुमारी पुन – ललितपुर १ ख, माओवादी
राधिका तामाङ – नुवाकोट १ क, माओवादी
कुमारी मोक्तान – मकवानपुर २ ख, माओवादी
प्रदेश ४
आशा कोइराला – तनहुँ २ क, माओवादी
नरदेवी पुन – म्याग्दी १ ख, एमाले
प्रदेश ५
कृष्णा केसी – बाँके १ क, माओवादी
आरति पौडेल – बाँके १ ख, एमाले
प्रद्रेश ७
देवकी मल्ल – बझाङ १ ख, माओवादी
प्रतिक्रिया 4