+
+

कवाडी सामान सङ्कलकको भेषमा चोरी गर्ने ‘चल्ला’ समूह पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २ गते १५:३२

२ पुस, काठमाडौं । प्रहरीले कवाडी सामान सङ्कलकको भेषमा चोरी गर्ने कार्यमा संलग्न समूहलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले कवाडी सामान सङ्कलन गर्ने बहानामा राजधानीको विभिन्न ठाउँबाट नगद, सुन, चाँदीका गरगहना, मोबायल तथा अन्य सामानहरु चोरी गर्ने ‘चल्ला’ भनिने ७ जनाको समूहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहारका २६ वर्षीय दिनेश पोद्दार, १८ वर्षीय मुकेशकुमार पोद्दार, केदार पोद्दार, सुरज पोद्दार, विकास पोद्दार, १९ वर्षीय चन्दर पोद्दार र बाराको निजगढका ३१ वर्षीय राजकुमार अधिकारी छन् ।

उनीहरु गौशला, तिलगंगा, बानेश्वर, सिनामंगल लगायतका क्षेत्रमा लुकिछिपी आश्रय लिइ बस्ने गरेको प्रहरीले जानकाएको छ । महाशाखाका अनुसार उनीहरु कवाडी सामग्री टिप्ने बहानामा बोरामा चोरी गर्न प्रयोग हुने फलामको रड लिएर जानको गरेका थिए ।

उनीहरुले घरमा कोही नभएको मौका छोपी चोरी गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ । चोरी गरेपछि उनीहरु भारतको बिहारतिरै भाग्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरु यसअघि पनि पटकपटक चोरीमा संलग्न भएको आरोपमा पक्राउ पर्ने गरेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?