७ पुस, वीरगञ्ज । वीरगञ्जको सुपर ग्यास उद्योगमा भएको आगलागीमा परी घाइते १ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
आगो निभाउने क्रममा घाइते भएका वीरगञ्ज महानगरपालिकाका अग्नी नियन्त्रक सञ्जीव नेपालको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।
वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले घाइते नेपालकाे मृत्यु भएको पुष्टि गरेका छन् । नेपाललाई उपचारका लागि भक्तपुर लगिएको थियो ।
योसँगै वीरगञ्जको सुपर ग्यास उद्योग आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुई जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4