+
+

डा. उपेन्द्र देवकोटाको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ९ गते १८:१२

९ पुस, काठमाडौं । बेलायतमा उपचारारत वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पशुपति मन्दिर परिसरमा रहेको वनकालीमा दीप प्रज्वलन गरिएको छ ।

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको अगुवाईमा पशुपति पुगेका चिकित्सकहरुको टोली तथा नागरिक समाजका सदस्यहरुले डा. देवकोटाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पशुपतिमा दिप प्रज्वलन गरेका हुन् ।

दीप प्रज्वलन कार्यक्रममा बाल्दै डा. भोला रिजालले डा. देवकोटाको स्वास्थ्यस्थितिबारे आधिकारिक जानकारी नआइसके पनि हजारौ मानिसलाई उपचार गर्ने डा. देवकोटाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन गरिएको जानकारी दिए ।

केही समय पहिले छोरी भेट्न बेलायत पुगको डा. देवकोटालाई पेट सम्बन्धि गम्भीर समस्या भएपछि उनलाई बेलायतको एक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई पित्तथैलीको क्यान्सर भएको आंशका गरिएको छ ।

विश्वस्त स्रोतका अनुसार डा. अझै पनि बेलायतको किंग कलेज हस्पिटलमा उपचारारत छन् ।

उनलाई यस अघि नै आन्द्रा सम्बन्धि समस्या हुदै आएपनि उनी करिब दुई साता अघि मात्र बेलायत पुगेका थिए । उनलाई पित्तथैली सम्बन्धि क्यान्सर (कोलान्जिओकार्सिनोमा) भएको भनिए पनि पारिवारले भने यसको अहिलेसम्म पुष्टि गरेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?