+
+

ओली र प्रचण्डवीच फोनवार्ता, बुधबार भेटवार्ता हुने

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ११ गते २०:४३

११ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष र माओवादी अध्यक्ष प्रचण्डवीच पार्टी एकता लगायतका विषयमा बुधबार छलफल हुने भएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड चितवनबाट मंगलबार अपरान्ह काठमाडौं आएका छन् । राजधानी आएपछि प्रचण्ड र ओलीवीच टेलिफोन सम्वाद भएको छ । बुधबार प्रत्यक्ष भेटघाट गरेर अवरुद्ध राजनीति एवं पार्टी एकतालाई गति दिनेबारे छलफल गरिने माओवादीका एक नेताले बताए ।

गत शुक्रबार चितवन गएका प्रचण्ड केही जिल्लाहरुको भ्रमण गरेर ५ दिनपछि राजधानी फर्केका हुन् ।

यसवीचमा पार्टी एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि बस्न सकेको छैन ।

प्रचण्ड र ओलीवीचको भेटवार्तापछि एकता संयोजन समितिको बैठक बस्ने र एकता प्रक्रिया अघि बढाइने स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?