+
+

प्रदेश राजधानीको माग गर्दै विराटनगरमा दवाव र्‍याली

विराटनगर राजधानी नभएमा सशक्त आन्दोलन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १६ गते १८:०१

१६ पुस, विराटनगर । प्रादेशिक राजधानीको माग गर्दै आइतवार विराटनगरमा दवाव र्‍याली निकालिएको छ ।

सरकारलाई दवाव दिने उदेेश्यका साथ विराटनगरमा प्रादेशिक राजधानीको माग गर्दै र्‍याली निकालिएको हो ।

सरकारले सम्भवतः सोमबार बस्ने मन्त्री परिषद्को बैठकले सातवटा प्रादेशिक राजधानी तोक्ने र प्रदेश सभाको पहिलो वैठक बस्ने स्थानको टुङो लगाउने अपेक्षा गरिएको छ ।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङ संयुक्त आयोजनामा शहीद मैदानबाट निस्किएको र्‍याली महेन्द्रचौममा पुगेर कोण सभामा परिणत भएको थियो ।

प्रदेश नम्बर एकको राजधानी विराटनगरको विकल्प नभएको भन्दै र्‍यालीका सहभागीहरुले विराटनगर राजधानी घोषण गर, विराटनगर राजधानीको मुल आधार सम्पूर्ण पुर्वाधार,प्रदेश नम्वर एकको महानगर औद्योगिक नगरी विराटनगर जस्ता नारा लगाएको थिए ।

कोण सभालाई सम्बोधन गर्दै सहभागीहरुले विराटनगर प्रादेशिक राजधानीको विकल्प नभएको बताएका थिए ।

उनीहरुले विराटनगर ऐतिहासिक नगर भएको भन्द पुर्वधारयुक्त शहर विराटनगरको विकल्पमा सरकार गएको खण्डमा सरकार विरुद्ध सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका थिए ।

कोण सभालाई विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली,उपमेयर इन्दिरा कार्की,उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यय,मोरङ व्यपार संघका अध्यक्ष पवन सारडा,प्रदेश संसाद केदार कार्की,जिल्लास्थित विभिन्न दलका अध्यक्षहरुले सम्वोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?