२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उमेर हुनेले नभई एजेण्डा हुनेले पार्टीको नेतृत्व गर्ने बताएका छन् ।
पार्टी प्रवक्ताका रुपमा पहिलो पत्रकार सम्मेलन गरेका शर्माले केन्द्रीय कार्यसमिति बैठक छिट्टै बस्ने बताए ।
पार्टी प्रवक्ता नियुक्त हुनु अघि शर्मा नेतृत्व हस्तान्तरणको माग गर्दै अभियान चलाउने युवा नेताहरुको समूहमा थिए । सात भाइको यो समूहले संयुक्त विज्ञप्ति जारी गर्दै महासमिति बैठक बोलाउन माग पनि गरेको थियो ।
तर, शर्माले आफूले विशेष महाधिवेशनको माग नभर्इ केन्द्रीय कार्यसमितिको बैठक माग गरेको दावी गरे ।
नेतृत्व हस्तान्तरणबारे सोधिएको प्रश्नमा उनले भने, ‘उमेर भएकालाई होइन कि एजेण्डा भएकालाई नेतृत्व दिने हो । जो बदलिन्छ, उसले नेतृत्व गर्छ ।’
कांग्रेस भूकम्पपछिको नेपाल जस्तै बनेकोले केही ढिलो भएपनि पुनर्निर्माणका लागि तयारी भइरहेको उनले बताए ।
पार्टी पुनर्निर्माणका छट्टै केन्द्रीय कार्यसमितिको बैठक बस्ने प्रबक्ता शर्माले जानकारी दिएका छन् । तर, बैठकको मितिका बारेमा भने टुङ्गो लागि नसकेको शर्माको भनाइ छ ।
अहिले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न केही कामहरू गर्न बाँकी नै भएको भन्दै शर्माले केन्द्रीय कार्यसमितिको बैठक बस्न ढिला भएको बताए । ‘पार्टीको भन्दा पनि अहिले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्का लागि केही काम गर्न बाँकी छ, ‘ उनले भने, ‘त्यससले गर्दा कार्यसमिति बैठकको मितिको टुङ्गो नलागेको हो, बैठक छिट्टै बस्छ, समीक्षा हुन्छ ।’
प्रतिक्रिया 4