२ माघ, महोत्तरी । शीतलहरबाट प्रभावित बनेका भङ्गाहा नगरपालिकाका ७० घरपरिवारका लागि धुर्मुस सुन्तली फाउण्डेशन र स्थानीय संघ सँस्थाहरूले राहत वितरण गरेको गरेका छन् ।
भङ्गाहा नगरपालिका- ४ स्थित विपन्न ३९ मुसहर घरपरिवार र ३१ बातर परिवारलाई न्यानो बितरण गरिएको हो ।
भंगाह नगरपालिका-४ स्थित रामनगरका अतिबिपन्न परिवार र मुसहर समुदायका ३९ परिवारलाई नगर पत्रकार संजाल बर्दिवास, भङ्गाहा नगरपालिका र नेपाल रेडक्रस बर्दिवास उपशाखाले न्यानो कपडा, कम्बल बितरण गरेको हो ।
यस्तै ३१ बातर परिवारलाई धुर्मुससुन्तली फाउन्डेसनले शीतलहरबाट बच्न न्यानो ब्लाङ्केट बितरण गरेको नेपाल रेडक्रस बर्दिवास उपशाखाका उपसभापति सुमन भुजेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4