+
+

ब्रिलेयर साइन्सका सौन्दर्य प्रसाधन नेपालमा, निल डेभिड ब्रान्ड एम्बेसडर

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १५ गते ११:४६

भारतको चर्चित सौन्दर्य प्रसाधन ‘ब्रिलेयर साइन्स’को उत्पादन नेपाली बजारमा भित्रिएको छ । डेल्टा मार्केटिङले नेपालमा यसलाई उपलब्ध गराएको हो । बि्रलेयर साइन्सले नेपालका लागि हेयर स्टाइलिस्ट नील डेभिड कटुवाललाई ब्रान्ड एम्बेस्डर बनाएको छ ।

ब्रिलेयर साइन्सको उत्पादनबारे जानकारी गराउन आयोजित कार्यक्रममा हेयर स्टाइलिस नीलले ‘यो उत्पादनको गुणस्तर एकदमै विश्वसनिय भएको’ बताए । ‘म स्वंमले केही समय यसको प्रयोग गरें, जसले राम्रो रिजल्ट दियो’ नीलले भने, ‘यति विश्वसनिय उत्पादनको म खुलेर प्रसंशा गर्छु ।’ आफुले उक्त ब्रान्ड प्रयोग गर्नेदेखि त्यसको प्रशोधन गर्ने स्थानको स्थलगत अवलोकन गरेको बताए ।

ब्रिलेयर साइन्स सत प्रतिशत भेगान प्रमाणित नेचुरल कस्मेटिक्स ब्रान्ड भएको कम्पनीको भनाई छ । यसको कुनै साइट इफेक्ट नभएको ब्रिलेयर साइन्सका इन्टरनेशनल बिजनेस हेड नारायण रेले दावी गरे । उनले भने, ‘यसले छाला तथा केसलाई कुनै किसिमको नकारात्मक असर गर्दैन ।’

डेल्टा मार्केटिङका निर्देशक हेमन्त निरौलाका अनुसार नेपाली हावापानीसँग मिल्ने कस्मेटिक उत्पादन हो यो । ब्रिलेयर साइन्स ब्रान्डमा केस तथा छालाको सम्पूर्ण उत्पादन उपलब्ध छ । यद्यपी हाललाई भने यो उत्पादन सैलुनहरुमा मात्र राखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?