+
+

भलिबल प्रतियोगितामा आकर्षित हुँदै यूएईका सामाजिक संस्थाहरु

रामप्रसाद ढुंगेल रामप्रसाद ढुंगेल
२०७४ माघ १७ गते १७:००

१७ माघ, यूएई । यूएईका सामाजिक तथा जिल्ला स्तरीय संघसंस्थाहरु खेलकुदको क्षेत्रमा पनि सक्रिय देखिन थालेका छन् ।

एनआरएन यूएईले त गत डिसेम्बर महिनालाई खेलकुद महिना घोषणा गरेर अन्तर संस्था स्तरीय भलिबल प्रतियोगिता सप्पन्न गरिसकेको छ ।

म्यादी जिल्लाबाट यूएई आएका नेपालीहरुको सामाजिक संस्था मोना युएईले पनि नियमित रूपमा खेलकुद प्रतियोगिता गरेर यूएईका नेपालीहरुमाझ स्वास्थ्यका लागि खेलकुद भन्ने सन्देश प्रवाह गरिरहेको छ ।

यसै मेसोमा कास्की आदर्श सेवा समाज यूएई र नेपाली समुदाय युएई बृहत भलिबल प्रतियोगिताको तयारी गरिएका छन् ।

सामाजिक गतिविधिमा सक्रिय कस्केलीहरुको संस्था कास्की आदर्श सेवा समाज यूएईले प्रथम आईएमई कप खुल्ला भलिबल प्रतियोगिता-२०१८ को आयोजना गरेको छ ।

आगामी फेब्रुअरी ९ तारिख दुबईको अलकुजस्थित बलेदिया खेलमैदानममा आयोजना हुने यस प्रतियोगितामा प्रथम हुने  टिमलाई २ हजार ५ सय दिराम (करिब ७० हजार रुपैयाँ ) र दोस्रो टिमलाई १ हजार ७ सय ५० दिराम (करिब ५१ हजार रुपैयाँ) नगद पुरस्कारका साथमा ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने कास्की आदर्श सेवा समाजका अध्यक्ष मनोजकुमार सैजुले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

अध्यक्ष सैजुले युएईमा क्रियाशील सबै नेपाली संस्थाहरुलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेका छन् ।

त्यसरी नै यूएईमा कार्यरत प्रवासी नेपालीहरुको हितमा समर्पित संस्था नेपाली समुदाय यूएईले पनि बृहत भलिबल प्रतियोगिताको आयोजना गरेको छ ।

दुबई शहरको अत्याधिक नेपाली श्रमिकहरुको बाहुल्य रहेको क्षेत्र, जबेलअलि नुजुल क्याम्पमा आगामी २ मार्च २०१८, शुक्रबारका दिन चौथो अन्तर नेपाली सामुदायिक भलिबल प्रतियोगिता-२०१८ को आयोजना गरिएको समुदायका अध्यक्ष मुनप्रसाद गुरुङले जानकारी दिएका छन् ।

बिगत तीन वर्षदेखि नियमित भलिबल प्रतियोगिताको आयोजना गर्दै नेपाली युवाहरुको खेलप्रतिको रुचिलाई पूर्णता दिई समाजसेवामा युवाहरुलाई प्रोत्साहित गर्ने हेतुले यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिन लागिएको जानकारी, खेलकूद संयोजक समितिका एक सदस्य, प्रदीप शाही ठकुरीले बताए ।

यूएईको ७ ओटै प्रान्तबाट खेलाडीहरुलाई आमन्त्रण गरिएको उक्त प्रतियोगितामा करिब २ दर्जनजति टिमको सहभागिता हुने खेलकूद संयोजक समितिका सदस्य बिक्रम लिम्बुले जानकारी दिएका छन् ।

उक्त प्रतियोगितामा बिजेता टिमको लागि पुरस्कार तथा सम्मानार्थ प्रथम,द्दितीय र तृतीय लाई क्रमश, ३ हजार (८४ हजार रुपैयाँ),   २ हजार (करिब ५६ हजार रुपैयाँ ) र १ हजार दिराम (करिब २८ हजार रुपैयाँ) का साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।

सन् २०१५ देखि नेपाली मौलिक संस्कृति, सभ्यताको बिकास र यसको अभ्यासमा कार्यक्रमहरु मार्फत निरन्तर सक्रिय रहेको नेपाली समुदायले खेलकूदबाट प्राप्त हुने लाभांश पनि सेवाको लागि नै प्रयोग गरिने संगठनका प्रवक्ता श्याम कृष्णले जानकारी दिएका छन् ।

उक्त भलिबल प्रतियोगितामा दुबईका ब्यापारिक कम्पनीहरु, नमस्ते ट्राभल, सिटीलाइफ ट्राभल, स्लेंडर लेडिज सलून, प्रान फूड, अल बराह मिनीमार्ट, नेपाल एयरलाइन्स र कोज्मो ट्राभल आदिले प्रायोजन गरेका छन् ।

परदेशको भूमिमा छुट्टीको समयमा जुवातास, मोजमस्ती र नसामा भुल्नुभन्दा खेलकुदमा समर्पित हुनु शारीरिक तथा आर्थिक रूपमा धेरै लाभदायी हुने नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष भुपराज बस्यालको तर्क रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?