२९ माघ, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको पहिलो बैठकमै शहीदको तस्वीरलाई लिएर मधेसवादी दलले हंगामा गरे । सभामुखले अर्को बैठकमा मधेस आन्दोलनका शहीदको तस्वीर राख्न रुलिङ गरेपछि सभाको अवरोध हट्यो ।
रुलिङअनुसार दोस्रो बैठकमा मधेस आन्दोलनका शहीदहरुको तस्वीर पनि प्रदेशसभामा राखियो ।
तर, फेरि शहीदकै तस्वीरलाई लिएर अर्को विवाद सुरु भयो । माओवादी प्रदेश सांसदहरुले जनयुद्धका शहीदहरुको तस्वीर पनि प्रदेशसभामा राख्नुपर्ने माग राखे ।
नभए सदन नै चल्न नदिने बताएपछि बैठक नै सुरु नगरी सर्बदलीय बैठक बस्यो र अर्को बैठकमा जनयुद्धका शहीदहरुको तस्वीर राख्न सभामुखले रुलिङ गर्ने सहमति भयो ।
प्रदेशसभाको बैठक सुरु भएलगत्तै सभामुखले सर्वदलीय सहमति अनुसार रुलिङ गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4