+
+

बाल विवाह रोक्न पुगेको प्रहरीलाई आफ्नै जवानले अवरोध गरेपछि…

सुरेश बिडारी सुरेश बिडारी
२०७५ वैशाख १५ गते ९:५५


१५ वैशाख, वीरगञ्ज । प्रहरीलाई प्रहरीको अवरोध ! सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर पर्सामा बाल विवाह रोक्न पुगेको प्रहरी टोलीलाई प्रहरी जवानले नै राेक्ने प्रयास गरेका छन् ।

वीरगञ्ज महानगरपालिका–२७, उदयपुरघुर्मीमा बाल विवाह रोक्न गएको प्रहरी टोलीलाई प्रहरी जवानले अवरोध पुर्याउन खोजेका हुन् । अवरोध गर्न खोजेपछि प्रहरीले वुलेटप्रसाद यादवलाई पक्राउ गरेको छ।

पक्राउ परेका यादव भोटेचौर सिन्धुपाल्चोक दरबन्दी भई सोही स्थानमा कार्यरत प्रहरी जवान हुन् ।

पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले वीरगञ्ज महानगरपालिका–२७ उदयपुरघुर्मीमा बाल विवाह रोक्न गएको प्रहरी टोलीमाथि यादवले अवरोध पुर्याएपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।

‘१२ र १३ वर्षका दुई बालिकाको विवाह हुँदै गरेको जानकारी पाएपछि सम्झाउन टोली खटाएका थियौं,’ प्रहरी उपरीक्षक रेग्मीले भने, ‘टोलीले सम्झाइ– बुझाइ गरेर आइसकेपछि पनि फेरि विवाह हुन लागेको जानकारी आयो, रोक्न गएको टोलीसँग यादवले विवाद गरी अन्य व्यक्तिहरुलाई समेत उक्साएकाले पक्राउ गरेका छौं ।’ ।

पक्राउ परेका प्रहरी जवान यादवविरुद्ध विभागीय कारबाही र ऐन अनुसार दुवै कारबाहीको पक्रिया अघि बढी सकेको प्रहरीले जनाएको छ ।

बाल विवाह गर्न गराउन खोज्ने केटा र केटी दुवै पक्षका अभिभावकहरु भने फरार छन् । प्रहरीले उनीरुको खोजी कार्य भइरहेको जनाएको छ ।

स्रोतका अनुसार केटा पक्षले विवाहको सम्पूर्ण खर्च बेहोर्ने शर्तमा विवाहको टुंगो लगाइएको थियो । वैशाख १३ गते ११ र १३ वर्षका दुई बालिकाको विवाहको लागि सम्पूर्ण तयारी गरी पुजा हुँदैछ भन्ने सूचना प्रहरीकोमा आएको थियो । ६० जना प्रहरीको टोली विवाह हुन लागेको घरमा पुग्दा ११ र १३ वर्षका बालिकासँग बिबाहको लागि सम्पुर्ण तयारी गरी पुजा गर्दै थिए । प्रहरीलाई देख्ने बित्तिकै बाल विवाहमा सहभागी भएका केटा तथा केटी पक्ष भागेको प्रहरीले जनाएको छ ।

त्यसैबीच, प्रहरीले भन्सार छलेर गैरकानुनी रुपमा भारतबाट नेपाल ल्याउँदै गरिएका समान बरामद गरेको छ । वीरगञ्ज महानगरपालिकाको छपकैयाबाट मरिच २० किलो, १५ काटुन स्याउ, कोकको सिसीमा लाग्ने बिर्को २ बोरा बरामद गरेको हो । बिन्दवासनी गा.पा. ४ अमरपट्टीबाट मा द्यच् छण् ी ज्ञज्ञढढ नम्बरको मोटरसाईकलमा लोड गरी ल्याइएको ५ काटुन सोफी र ८५ लिटर डिजेल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?