११ जेठ, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वएमाले र माअोवादी एकतापछि बनेको नेकपालार्इ झारपात जम्मा भएको टिप्पणी गरेका छन् । झारपातहरू जम्मा भएर कोहीपनि कम्युनिस्ट बन्न नसक्ने अध्यक्ष केसीले व्यङ्ग्य समेत गरे ।
अध्यक्ष केसीले आधारभूत सिद्धान्त छोडेका सबै प्रकारका पार्टीबीचको एकतालाई कम्युनिस्ट एकता भन्न नसकिने तर्क गर्दै एमाले-माअोवादी एकतालार्इ पूँजीवादी एकताको संज्ञा दिए ।
रुपन्देहीको पाँचौ जिल्ला सम्मेलनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष केसीले एमाले र माओवादीको एकतालाई धेरैले खिसिट्युरी गरेपनि राष्ट्रिय जनमोर्चाले स्वागत गरेको व्यङ्ग्य गरे । विचार र कार्यक्रम मिलेपछि गरिएको एकताको बिरोध गर्नुको अर्थ नभएको बताए ।
दुई पार्टीको एकता पूँजीबादी प्रणालीको एकता भएकाले यो कम्युनिस्टको पक्षमा नभएको उनको भनाइ छ ।
अध्यक्ष केसीले केन्द्रमा थोरै अधिकार राखेर स्थानीय तहलाई धेरै अधिकार दिएर संघीय प्रदेश खारेज गर्नुपर्ने बताउँदै केन्द्र र स्थानीय तहलाई जोड्न सानो प्रशासनिक इकाइ भए पुग्ने तर्क समेत गरेका छन् ।
संघीयताको आडमा तराईबाट हिमाल र पहाडलाई अलग गराउने षडयन्त्र भैरहेका भन्दै उनले यसबाट सचेत हुन आग्रह गरे ।
प्रतिक्रिया 4