Comments Add Comment

विराटनगरका अस्पतालमा श्रम शोषण, सम्झाैताविनै काम

अस्पतालको अनुगमन गर्दै श्रम कार्यालयका कर्मचारी ।

२३ जेठ, विराटनगर । विराटनगरस्थित श्री अस्पताल प्रालिमा रामनाराणय शाहले काम गर्न थालेको पाँच वर्ष पूरा भएको छ ।
सीएमए पदमा कार्यरत शाहले तलववापत ९ हजार रुपैयाँ मासिक पाउँछन् । दैनिक ९ घण्टा सेवामा खटिन्छन् ।

दिउँसोको समयमा ६ घण्टा रातको समयमा १२ घण्टा उनले डियुटी गर्दै आएका छन् । तर, उनले तलव बापतको पैसा बाहेक अन्य सेवा पाएका छैनन् ।

अस्पतालले उनीलाई श्रम सम्झौतासमेत नगराइ काममा लगाउदै आएको छ ।

उनीमात्र होइन विराटनगरकै अर्को अस्पताल गोल्डने अस्पतालमा सीएमए पदमा कार्यरत सरिता गौतमलेको अबस्था पनि उस्तै छ ।

उनी पनि ९ घण्टा डियुटी गरेबापत अस्पतालबाट मासिक ८ हजार पाउने गरेकी छिन् । उनी १ वर्षदेखि यो अस्पतालमा कार्यरत छिन् ।

उनलाई अस्पतालले तलबवाहेको अन्य कुनै सुविधा अहिलेसम्म दिएको छैन ।

यी घटना त विराटनगरमा रहेका निजी अस्पतालका देखिएका श्रम शोषणका प्रतिनिधि घटना मात्रै हुन् ।

श्रम कार्यालय विराटनगरले वुधबार विराटनगरका यी दुई अस्पतालमा गरेको अनुगमनका यस्तो तथ्य बाहिर आएको हो ।

श्रम कार्यालयले गरेको अनुगमनका क्रममा यी अस्पताले नर्सिङ, कर्मचारीलाई श्रम शोषण गर्ने फेला परेको हो ।

श्रम कार्यालय ती अस्पतालका व्यवस्थापनसँग अस्पतालमा कार्यरtm कर्मचारीहरुको हाजिर खाता र तलवी भरपाइसमेत लिएको छ ।

‘अस्पतालमा अनुगमन गर्दा श्रम ऐन अनुसारको कार्यान्वयमा समस्या देखिएको छ,’ श्रम कार्यालयका प्रमुख मणिनाथ्ा गोपाले भने, ‘१५ दिनभित्र सबै समस्याको हल गर्न निर्देशन दिएको छु ।’

विषेशतः अस्पतालमा कार्यरत कर्मचारीलाई श्रम सम्झौत नगरिएको, सेवा सुविधा नदिएको लगायतका समस्या बढी पाइएको उनले बताए ।

गतवर्ष साउन २९ गते सामाजिक सुरक्षा ऐन २०७४ र भदौ १९ गते श्रम ऐन २०७४ जारी भएको थियो ।

औद्योगिक प्रतिष्ठानले ऐन जारीसँगै तोकिए बमोजिमको सेवा सुविधा कार्यन्वयनमा ल्याउन थालिसकेको अवस्था भएपनि निजी विद्यालय, अस्पताल, सेक्युरिटी कम्पनी र एयरलान्यसमा कार्यरत कर्मचारी, कामदार तथा मजदुरले त्यो सुविधा पाउन नसकेको गुनासो गरेका छन् ।

योगदानमा आधारिक सामाजिक सुरक्षा ऐन २०७४ जारिसँगै श्रम ऐन २०७४ लागु भएको हो ।

श्रम ऐनको दफा (५२) मा सञ्यकोष, दफा (५३) उपदान, दफा(५४) औषधी उपचार खर्च, दफा (५५) मा दुर्घटना बिमा र दफा (१० र ११) मा रोजगार सम्झौताको स्पष्ट प्रावधान उल्लेख गरिएको छ । तर, श्री अस्पताल र गोल्डेन अस्पताल यी सबै कुराहरु कार्यान्वय नगरिएको फेला परेको हो ।

श्री अस्पतालमा ७५ र गोल्डेन अस्पतालमा २ सय १८ कर्मचारी कार्यरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment