सन् १९३४ देखि विश्वकप खेल्न थालेको जर्मनी चार पटक विश्व विजेता बनेको छ । उसले पहिलो पटक सन् १९५४ मा उपाधि उचालेको थियो भने पछिल्लो पटक सन् २०१४ मा विजेता बन्यो ।
चार वर्षअघि ब्राजिलमा भएको विश्वकप फुटबलमा घरेलु टोली ब्राजिललाई सेमिफाइनलमा ७-१ ले हराएर जर्मनीले सनसनी मच्चाएको थियो । त्यसपछि फाइनलमा अर्जेन्टिनालाई १-० ले हराएर जर्मनी विश्व विजेता बन्यो ।
फिफा वरियतामा शीर्ष स्थानमा रहेको जर्मनी यसपटक पनि दाबेदार टिम हो । अहिलेसम्म १८ पटक विश्वकप खेलेको जर्मनी ब्राजिलपछिको सफल टिम हो ।
त्यसअघि सन् १९७४ र १९९० मा पनि जर्मन विश्व विजेता बनेको थियो । अहिलेसम्म १३ पटक सेमिफाइनलमा पुगेको जर्मनीले ८ पटक फाइनल खेलेको छ । जर्मनी तीन पटक क्वाटरफाइनलमा पराजित भएको छ ।
को खेलाडी कुन क्लबका ?
गोलकिपर
म्यानुअल नियोर – बायर्न म्युनिख
मार्क एन्डे्र टेर स्टेगेन – बार्सिलोना
केभिन ट्रयाप – पेरिस सेन्ट जर्मेन
डिफेन्डर
जेरोमि बोयटेङ – बायर्न म्युनिख
म्याटियस गिन्टर – ब्रोसिया मोन्चेनग्लाडबच
जोनास हेक्टर – कोलग्ने
माट्स हृयुमेल्स – बायर्न म्युनिख
जोसुवा किमिच – बायर्न म्युनिख
मार्भिन प्लाटेनहार्ड – हेर्थ बेर्लिन
एन्टोनियो रुडिगर – चेल्सी
निकलस सुले – बायर्न म्युनिख
मिडफिल्डर
जुलियन ब्रान्ड – बायर लिभरकुसन
जुलियन ड्राक्सलर – पेरिस सेन्ट जर्मेन
लियोन गोरेत्स्का – साल्क
इल्के गुन्डोगन – म्यानचेस्टर सिटी
सामी केडिरा – युभेन्टस
टोनी क्रुस – रियल मडि्रड
मेसट ओजिल – आर्सनल
सेबास्टियन रुडी – बायर्न म्युनिख
फरवार्ड
मारियो गोमेज – स्टुगार्ट
थोमस मुलर – बायर्न म्युनिख
मार्को रिउस – ब्रोसिया डर्टमुण्ड
टिमो वेर्नर – आरबी लाइपिज
प्रतिक्रिया 4