२७ जेठ, काठमाडौ । नेपाल परिवार नियोजन संघको केन्द्रीय तदर्थ समितिको रिक्त उपाध्यक्षमा सुमित्रादेबी भण्डारी र महासचिवमा रविन कोइराला चयन भएका छन् ।
संघको केन्द्रीय तदर्थ कार्य संचालन समितिको बैठकले भण्डारी र कोइरालालाई चयन गरेको हो । संघको केन्द्रीय तदर्थ समितिका अध्यक्ष छत्र गिरीको अध्यक्षतामा बसेको बैठकमा सम्पूर्ण सदस्यहरुको सहमतिमा उक्त निर्णय गरिएको संघले जनाएको छ ।
समाज कल्याण परिषद्को सिफारिसका आधारमा सरकारले ०७४ माघ ११ गते अमु सिजापती नेतृत्वको कार्यसमिति भंग गरी छत्रबहादुर गिरीको अध्यक्षतामा केन्द्रीय तदर्थ समिति गठन गरेको थियो ।
तदर्थ समितिलाई चाँडै नयाँ निर्वाचन गराउने जिम्मेवारी दिइएको छ । नेपाल परिवार नियोजन संघले यौन तथा प्रजनन् स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।
संघले देशका ३८ जिल्लामा रहेका आफ्ना साखा मार्फत कुल जनसंख्याको ३० प्रतिसतलाई परिवार नियोजनको सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
प्रतिक्रिया 4