Comments Add Comment

कहाँ छ ईसा मसीहको ‘जादुई प्याला’ ?


दुनियाका हरेक धर्मसँग जोडिएका रमाइलो किस्सा-कहानी हुन्छ । पवित्र कुरा हुन्छ, जसलाई लिएर त्यस धर्मका अनुयायी क्रेजी हुन्छन् ।

यस्तै धार्मिक किम्वन्दी छ, ‘द होली ग्रेल’को । ईसाई धर्मसँग जोडिएको किस्सामा तपाईंले ‘द लास्ट सपर’ त आवश्यै सुन्नुभएको होला । यदि कहानी सुन्नुभएको छैन भने, एउटा चित्र त देख्नु भयो नै होला । उक्त चित्र महान चित्रकार लिओनार्दो दा भिन्चीले बनाएका थिए । यस पेन्टिङमा ईसा मसीहलाई आफ्नो बारह धर्म प्रचारका साथ खाना खाइरहेको देखाइएको छ । चित्रमा खानाको थालीका साथै एक प्याला पनि देखिन्छ । यस प्यालालाई ‘होली ग्रेल’ नामले चिनिन्छ ।

ईसाई धर्मको मान्यता अनुसार होली ग्रेल एक जादुई प्याला हो, जसको प्रयोगले मानिसहरु अमर हुन्छन् ।

यस ‘प्याला’सँग थुप्रै किस्सा र दावा जोडिएको छ । दुनियाको लगभग सबै चर्चमा यो प्याला राखिएको हुन्छ । र, हरेकलाई सक्कली भनी दावी गरिएको हुन्छ । युरोपमा मात्र करिब २ सय स्थानमा यस्तो प्याला छ, जसलाई असली होली ग्रेल भनिएको छ ।

कहाँ छ त असली प्याला ?

यसरी नै असली होली ग्रेल दावी गर्नेमध्ये एक हो स्पेनको शहर भेलेन्सिया । भेलेन्सिया स्पेनको तेस्रो ठूलो शहर हो ।
त्यहाँ पुगेपछि तपाईंले समय नै रोकिएको महसुष गर्नुहुनेछ । शहर पुरानो छ । बजार र गल्ली पुरानो छ । यही एक चर्चको छेउमा कफी सपमा मानिसहरु गफिइरहेको देख्नुहुनेछ । भेलेन्सियाकै एक पुरानो चर्चमा होली ग्रेल भएको दावी गरिन्छ । यस चर्चको नाम हो, भेलेन्सिया क्यथेड्रल । यहाँ एक प्याला छ, जसलाई स्पेनिश भाषामा सांतो चैलिस भनिन्छ । त्यही नै होली ग्रेल वा त्यो प्याला हो, जसमा प्रभु यीशुले प्रयोग गरेका थिए ।

आज पनि विश्वभरका श्रद्धालु यसको दर्शनका लागि भेलेन्सिया पुग्छन् । यहाँसम्म कि, पोप जन पल द्वितिया र पोप बेनेडिक्ट सोलहवेंले धार्मिक समारोहमा यही प्यालाको प्रयोग गरेका थिए । होली ग्रेलको प्रसंग बाइबलमा भने पाइदैन । यो धार्मिक कथा र लोककथाको हिस्सा बनेको हो ।

कहाँबाट सुरु भयो प्यालाको किस्सा ?

होली ग्रेलको सबैभन्दा पहिला प्रसंग जोडिएको थियो, बेलायतका राजा किंग आर्थरसँग । राजा आर्थर र उनको सेनाको वीरता बताउने महाकाव्यमा फ्रेन्च कविले होली ग्रेलको प्रसंग लेखेका छन् ।

प्राचीन कालमा फ्रान्सका दुई ठूला कवि रोवर्ट दी बोर्नी र शेरेटिन द ट्रयले आफ्नो कवितामा राजा आर्थरको जमानाको कथालाई बढाई, चढाई लेखेका थिए ।

श्रद्धालुका निम्ति होली ग्रेल अर्थात पवित्र प्याला पक्कैपनि महत्वपूर्ण हुनेछ । तर, अनुसन्धानदाताका लागि यसको साहित्यिक महत्वभन्दा बढी छैन । स्पेनको भेलेन्सियामा राखिएको प्याला भएको कैथेड्रललाई ‘ला केपिला देल सेंतो चैलिस’ भनिन्छ, यसको अर्थ हो पवित्र प्यालाको चर्च ।

कस्तो छ प्याला ?

यहाँ यो प्याला एक अलग कोठामा सीसाको फ्रेममा बन्द गरिएको छ । प्यालाको दुबैतिर सुनको ठूलो ह्यान्डल छ । यही स्ट्यान्डमा यो प्याला राखिएको छ । त्यसमा पन्ना र माणिक्य जस्तो मूल्यवान पत्थर जडान गरिएको छ ।

अहिले फिल्ममा होली ग्रेललाई एक साधरण काठको प्यालाको रुपमा देखाइएको छ । जस्तो कि चर्चित हलिउड शृंखला इन्डियाना जोन्स एन्ड द होली ग्रेलमा जुन पवित्र प्याला बनाइएको छ, त्यो काठद्वारा निर्मित छ । यस्तोमा सुन र जवाहरातले सजाइएको यो प्यालाले मनमा प्रश्न पैदा गर्छ । चर्चका अधिकारीहरुका अनुसार यस स्ट्यान्डमा जुन सानो कप राखिएको छ, त्यही नै असली होली ग्रेल हो ।

भनिन्छ, प्रभु यीशुको अन्तिम भोज यरुशलममा भएको थियो । अब प्रश्न उठ्छ, यो पवित्र प्याला कसरी स्पेनमा पुग्यो त ?
भनिन्छ, दुई हजार बर्षअघि रोमको पहिलो पोप सेन्ट पिटरले यसलाई सबैभन्दा पहिला यरुशलमदेखि रोम लिएर गएका थिए । उनले नै बताएका थिए कि, यो होली ग्रेल हो, जसको प्रयोग प्रभू यीशुले अन्तिम समयमा गरेका थिए ।

२५७ ईश्वीमा जब रोममा राजा वलेरियनले ईसाईलाई सताउन सुरु गरे, तब यो पवित्र प्याला स्पेनको शहर ह्युस्कामा सुरक्षित स्थनमा लगियो । यस शहरमा यो प्याला केही सदियौंसम्म राखियो । तर आठौं सताब्दीमा जब यहाँ द्वन्द्व चर्कियो, तब लुटपाटको डरले यसलाई उत्तरी स्पेनको सेन जुआनको दी ला पेना ईसाई मठमा सुरक्षित राखियो ।

सदियौंदेखि यो पवित्र प्यालालाई एक स्थानदेखि अर्को स्थानमा लगियो । तर, यससँग बर्षौर्ंदेखि जोडिएको किस्सा विश्वास गर्न गाह्रो छ । किनभने यो किस्सा मौखिक रुपमा एउटा पुस्ताबाट अर्को पुस्तामा पुगेको हो । यसको कुनै लिखित प्रमाण छैन । तर १३९९ को एक दस्तावेजलाई विश्वास गर्ने हो भने, यस स्पेनिश इलाका एरागोनका राजा किंग मार्टिनको समाधिको हिस्सा बनाइयो ।

कैथेड्रल रेकर्ड अनुसार १४१६ मा जब अल्फोस ने गद्दी सम्हाले, तब किंग मार्टिनको समाधीलाई संग्राहलयका लागि भेलेन्सिया स्थान्तरण गरियो । त्यही समाधीसँग यो प्याला भेलिन्सया पुग्यो । केही लडाईमा यो प्याला लुटियो । तर १९३९ मा फेरी भेलिन्सया कैथेड्रल पुर्‍याइयो ।

स्पेनका पुरातत्वविद एन्टोनिया बेलट्रनले यस पवित्र प्यालाको अध्ययन गरेका थिए । उनका अनुसार यो रत्नजडित कप पहिलो र दोस्रो शताब्दीको मध्यतिरको हो । र, यसलाई मध्य एशियामा बनाइएको थियो ।

बिबिसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment