२४ असार, काठमाडाैं । सरकारले महेन्द्र संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालालाई अपहरणको शैलीमा क्यानडा जानबाट रोकेको नेपाली कांग्रेसले आरोप लगाएको छ ।
प्रेस विज्ञप्ति निकाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले क्यानडामा हुन लागेको विश्व संस्कृत सम्मेलनमा भाग लिन नेपालको प्रतिनिधित्व गर्न जान लागेका उपकुलपति प्रा.डा. कोइरालालाई दुर्व्यबहादुर गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
सरकारले क्यानडामा हुने कार्यक्रमको महत्व नै नबुझेर अनुदार बनेको भन्दै कांग्रेसले अन्तर्राष्ट्रिय मञ्चमा समेत नेपालको छवी धुमिल पारेको आरोप लगाएको छ ।
साथै सरकारलाई व्यवहार सुधार गर्न भन्दै कांग्रेसले व्यवहार र यस्तो शैली नसच्याए आगामी दिनमा सरकारले चुनौती सामना गर्नुपर्ने चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4