
२१ साउन, काठमाडौं । कानूनमन्त्रीबाट राजीनामा दिएका शेरबहादुर तामाङ्ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
‘म जम्मा १३० दिन मन्त्री भएँ’, तामाङ्ले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भने, ‘मन्त्री पद सम्हादा र अहिले सम्पत्ति विवरणमा खासै फरक छैन् ।’
उनले आफूले तलबभत्ताबाट आएको रकमबाट केही ऋण तिरेको र अन्य खर्च भएकाले जम्मा हुन नपाएको दावी गरेका छन् ।
पूर्वमन्त्री तामाङले आफ्नो बैंकमा ४३ हजार ९ सय ६७ रुपयाँ १२ पैसा रहेको र श्रीमती उषाकला राईको नाममा एउटा बैंकमा १ लाख ६६ हजार र अर्को बैंकमा १ लाख २२ हजार रहेको जानकारी दिए ।
यसअघि मन्त्री हुँदा तामाङले १५ लाख बराबरको शेयर तथा कृषि विकास बैंकसँग ४० लाख र अन्य बैंकसँग ३० लाख ऋण भएको सार्वजनिक गरेका थिए । त्यो यथावत रहेको उनले जानकारी दिए ।
सिन्धुपाञ्चोकबाट प्रतिनिधिसभामा निर्वाचित तामाङले आफूसँग सिन्धुपाल्चोक, सिन्धुकोटमा पाखोबारी र खेत, श्रीमती राईको नाममा मोरङमा ७ कित्ता जग्गा र खोटाङमा पनि केही जग्गा भएको जानकारी दिए ।
राई प्रदेशसभा सदस्य हुन् । राईको नामा कार र तामाङ्को नाममा मोटरसाइकल तथा दुई/दुई थान ल्यापटप र मोबाइल छन् । उनीहरुसँग ३० तोला सुनसमेत रहेको सम्पति विवरणमा उल्लेख छ ।
प्रतिक्रिया 4