+
+

लेखा समितिको बैठकमा मोबाइल चलाउन नपाइने

पहिलो बैठकले बनायो २३ बुँदे आन्तरिक कार्यविधि

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २१ गते १८:५१

२१ साउन, काठमाडौं । सार्वजनिक लेखा समितिका सदस्यहरुले बैठक अवधिमा मोबाइल फोनमा कुरा गर्न नपाउने भएका छन् ।

समितिको पहिलो पहिलो बैठकले २३ बुँदे वैठक सञ्चालन आन्तरिक कार्यविधि सर्वसम्मत पारित गरेको छ, जसमा बैठकमा सहभागी हुँदा सदस्यहरुले मोबाइल स्वीच अफ वा साइलेन्टमा राख्नु पर्ने उल्लेख छ ।

संसदमा पनि सुरुमा यही व्यवस्था प्रस्ताव गरिएको थियो । तर, त्यसलाई हटाएर नियमावली बनेको छ ।

लेखा समितिले भने कडाइ गर्ने संकेत दिएको छ । आन्तरिक कार्यविधिमा सभापतिसँग पुर्व-स्विकृति नलिई सभाहल छोड्न नपाउने प्रावधान राखिएको छ । शुसासन, पारदर्शिता र आन्तरिक नियन्त्रणका लागि तयार कार्याविधि पारित भएको समितिका जेष्ठ सदस्य विमल प्रसाद श्रीवास्तवले बताए ।

२३ बुँदे वैठक सञ्चालन आन्तरिक कार्यविधिमा वैठक बस्नुभन्दा एक दिन अगावै समिति सदस्यहरुलाई खबर गर्नुपर्ने, सभापतिको ध्यानाकर्षण गर्नका लागि समिति सदस्यले हात उठाउनुपर्ने, सदस्यले समिति वैठकमा बोल्दाखेरि सुरुमा सभापतिलाई सम्वोधन गरेर मात्र बोल्नुपर्ने लगायत छन् ।

बैठकका निर्णयहरु सकेसम्म सर्वसम्मत गर्ने र नभए प्रतिनिधिसभाको नियमावली अनुसार गर्ने, आवश्यकता अनुसार उपसमिति गठन गर्न सकिने र उपसमितिमा छलफल भइ आएका विषयहरुमा पुनः छलफल गर्न सकिने प्रावधान समेत समावेश गरिएको श्रीवास्तवले जानकारी दिए ।

श्रीवास्तवका अनुसार वैठकमा पानी, चिया र खाजा बाहेक अन्य पदार्थ खान नपाइने पनि कार्यविधिमै उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?