+
+

३ दिन देशभर मध्यम तथा भारी वर्षाको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २८ गते ८:००
फाइल तस्वीर

२८ साउन, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले ३ दिन (आज, भोलि र पर्सि) देशभर मध्यम तथा भारी वर्षा हुने प्रक्षेपण गरेको छ ।

महाशाखाले सोमबार बिहान प्रकाशित गरेको बुलुटिन अनुसार आज दिउँसो र राति देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम खालको वर्षा हुनसक्छ । दिउँसो पूर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमका एक दुई स्थानमा भारि वर्षा हुने महाशाखाको प्रक्षेपण छ । मौसमविदहरुका अनुसार राति भने  यी स्थानहरुमा भारी वर्षा हुनसक्छ ।

काठमाडौं उपत्यकालगायत स्थानमा सोमबार बिहानैदेखि परेको वर्षा अहिले पनि जारी छ ।

वर्षाको क्रम भोलि पनि यथावत रहने बताइएको छ । महाशाखाका अनुसार भोलि देशभर हल्का तथा मध्यम खालको वर्षा हुनेछ भने पश्चिमका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

श्रावण ३० गते दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही  केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्छ । तर महाशाखाले ती स्थानबारे केही खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?