२९ साउन, काठमाडौं । सिरहा र धनुषा जोड्ने कमलापुलको निर्माण कार्य अघि बढाउन माग गर्दै नयाँ शक्ति पार्टीले सिरहाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
नयाँ शक्ति पार्टी सिरहाले पुल निर्माण शुरु भएको लामो समयसम्म पनि पूरा नभएको भन्दै सोमबार सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई ज्ञापनपत्र बुझाएको हो ।
२०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भटराईले शिलान्यास गरेको पुल निर्माणको ठेक्का शर्मा–पप्प कन्ष्ट्रक्सनले लिएको थियो । २८ करोड १५ लाख कुल लागत अनुमान गरिएको पुल निर्माणका लागि ठेकेदार पक्षले १४ करोड रुपैयाँ लिइसकेको भए पनि हालसम्म ५० प्रतिशत मात्र काम पूरा भएको नयाँ शक्तिको भनाइ छ ।
रामरिझन यादव नेतृत्वमा गएको टाेलीले ०७१ मंसिरसम्म अर्थात् ३ वर्ष ६ महिनामा पूलनिर्माण गरिसक्ने गरी ठेकेदार कम्पनीले जिम्मा लिए पनि पूरा नगरेकाले प्रक्रिया रद्द गरी नयाँ शुरु गर्न माग गरेको छ ।
प्रतिक्रिया 4