+

मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियनसिपमा नेपालका दुई खेलाडी

२०८१ असोज  २२ गते १६:५५ २०८१ असोज २२ गते १६:५५
मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियनसिपमा नेपालका दुई खेलाडी

२२ असोज, काठमाडौं । मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट २ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यही अक्टोबर ११ देखि १३ तारिखसम्म जर्मनीको फ्रैंकफर्टमा हुने प्रतियोगितामा नेपालबाट इजिकेल परियार र निराजन मुक्तान सहभागी हुनेछन् ।

इजिकेलले किक बक्सिङको ७०–७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । निराजनले किक बक्सिङको ६० केजीमुनि तथा उमा कुङफुको ट्रेडिसनल फम्समा सहभागिता जनाउने छन् ।

इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आईसीओ), जर्मनीको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुन उनीहरु बुधबार जर्मनी प्रस्थान गर्ने छन् ।

टोलीलाई आदिवासी खेलकुद संघ नेपालका अध्यक्षसमेत रहेका नेपाल उमा कुङ्फु संघका महासचिव भुपेन्द्र गुरुङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

३ अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसेका गुरुङले तीनवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पनि जितेका छन् । दुवै खेलाडीबाट पदकको आशा गरिएको गुरुङले बताए ।

खेलकुद मिक्स मार्शल आर्टस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय