+

खेल संघलाई १५ असारभित्र नवीकरण गर्न राखेपको सूचना, नगरे खारेजीको चेतावनी

२०८३ वैशाख  ३१ गते १२:३३ २०८३ वैशाख ३१ गते १२:३३
खेल संघलाई १५ असारभित्र नवीकरण गर्न राखेपको सूचना, नगरे खारेजीको चेतावनी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेल संघहरुलाई असार १५ गतेभित्र नवीकरण गर्न सूचना जारी गरेको छ।
  • राखेपले नवीकरण नभए प्रचलित कानून बमोजिम खारेजको प्रक्रिया अगाडि बढाउने जनाएको छ।
  • ७५ दर्ता भएका खेल संघमध्ये ३३ संघले नवीकरण नगरेका छन्, जसमा नेपाल क्रिकेट संघ (क्यान) पनि समावेश छ।

३१ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेल संघहरुलाई असार १५ गतेभित्र नवीकरण गर्न सूचना जारी गरेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नियमावली, २०७९ बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन भएको भन्दै राखेपले असार १५ गतेसम्मको समय दिएर सूचना जारी गरेको हो ।

तोकिएको समयभित्र नवीकरण नभएमा प्रचलित कानून बमोजिम खारेजको प्रक्रिया अगाडि बढाइने राखेपले जनाएको छ । राखेपको वेवसाइटमा उल्लेख भएअनुसार दर्ता भएका ७५ मध्ये ३३ खेल संघले नवीकरण गरेका छैनन् ।

चर्चित संघ नेपाल क्रिकेट संघ (क्यान)ले पनि नवीकरण गरेको छैन । नवीकरणका लागि वार्षिक प्रतिवेदन, विधान, भावी योजना, लेखा परीक्षण र कम्तीमा एउटा राष्ट्रिय स्तरको प्रतियोगिता गरेको कागजपत्र पेश गर्नुपर्ने व्यवस्था छ ।

सबै कागजपत्र उपलब्ध गराउन नसक्दा पनि कतिपय खेल संघहरु नवीकरण नगर्ने गरेका छन् ।

 

राखेप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय