News Summary
Generated by OK AI. Editorially reviewed.- फिफाले पहिलो पटक विश्वकप फाइनलमा हाफटाइम शो आयोजना गर्न लाग्दा शाकिरा, म्याडोना र बीटीएसले मुख्य प्रस्तुति दिने भएका छन् ।
- फिफा विश्वकप फाइनल जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ ।
- कार्यक्रमको क्युरेटर कोल्डप्लेका क्रिस मार्टिन हुनेछन् र शो ग्लोबल सिटिजेनले उत्पादन गर्नेछ ।
३१ वैशाख, काठमाडौं । फिफाले पहिलो पटक विश्वकप फाइनलमा हाफटाइम शो आयोजना गर्न लाग्दा उक्त कार्यक्रममा विश्वप्रसिद्ध कलाकारहरू शाकिरा, म्याडोना र केपप समूह बीटीएसले मुख्य प्रस्तुति दिने भएका छन् ।
आगामी जुन १२ देखि सुरु हुने फिफा विश्वकप फाइनल जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ ।
कार्यक्रमको क्युरेटर कोल्डप्लेका क्रिस मार्टिन हुनेछन् भने यो शो ग्लोबल सिटिजेन नामक गैर–नाफामूलक संस्थाले उत्पादन गर्नेछ । यसको उद्देश्य ‘फिफा ग्लोबल सिटिजेन एजुकेसन फन्ड’ मार्फत शिक्षा र फुटबल पहुँच बढाउनु रहेको बताइएको छ ।
फिफाका अनुसार, यो कोषले विश्वभरका बालबालिकाका लागि शिक्षा र फुटबल पहुँच विस्तार गर्न १०० मिलियन अमेरिकी डलर उठाउने लक्ष्य राखेको छ । साथै, २०२६ विश्वकपका प्रत्येक टिकटबाट १ डलर सोही कोषमा जानेछ ।
फिफा विश्वकप २०२६ को आधिकारिक गीत पनि शाकिराकै आवाजमा सार्वजनिक भइसकेको छ ।
प्रतिक्रिया 4