Comments Add Comment

कर वृद्धि नगर्न स्थानीय तहलाई मुख्यमन्त्री राउतको आग्रह

१९ भदौ, जनकपुरधाम । प्रदेश २ का  मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहलाई कुनै प्रकारको कर वृद्धि नगर्न आग्रह गरेका छन् । मंगलबार आयोजित प्रदेश समन्वय परिषदको बैठकलाई संबोधन गर्दै उनले कर वृद्धि नगर्न स्थानीय तहका प्रमुख र उपप्रमुखलाई आग्रह गरेका हुन् ।

मुख्यमन्त्री राउतले संघीयता कार्यान्वयनको चरणमा यसप्रति वितृष्णा बढ्ने कुनै पनि काम गर्न नहुने बताए । प्रदेशको विकासका लागि प्रदेश सरकार र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको भन्दै उनले संविधानले नै प्रदेश र स्थानीय तहबीच नङमासुको सम्बन्ध कायम गरेको धारणा राखे ।

मुख्यमन्त्री राउतले संविधानका त्रुटीका कारण जिल्ला समन्वय समितिलाई अपाङ्ग बनाइएको बताउदै यो समस्या समाधान गर्न आफू सकारात्मक रहेको पनि बताए । फरक प्रसंगमा मुख्यमन्त्री राउतले लामो समयदेखि स्थानीय तहमा काम गर्दै आएका समाजिक परिचालकलाई व्यवस्थापन गर्न स्थानीय तहलाई आग्रह समेत गरे ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले संघीय सरकारको बजेट बाँडफाँट अव्यवहारिक रहेको बताए । बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सचिव, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख, स्थानीय तहका प्रमुख उपप्रमुखहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment